नेकपाको बिवादले देश अनिर्णयको बन्दी बन्यो : काङ्ग्रेस नेता गगन थापा

प्रकाशित मिति:

प्रकाश न्यौपाने
नवलपरासी
फाल्गुन ८ गते

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गगन कुमार थापाले नेकपाको बिवादले देश अनिर्णयको बन्दी बनेको बताउनु भयो । पश्चिम् नवलपरासीको बर्दघाटमा तरुणदल जिल्ला कार्यसमिति नवलपरासीले आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्रीले पार्टीको बिबाद मिलाएर सरकार चलाउन नसके घरमा गएर सुत्नुपर्ने भन्दै संसद बिघटनको अधिकार प्रधानमन्त्रीलाई नभएको पनि बताउनु भयो । प्रधानमन्त्री ओलीले राष्ट्रपती बिद्या देवी भण्डारीलाई लगेर व्यवस्थापिका संसदको चापी बुझाएको बताउनु भयो । अहिले प्रधानमन्त्रीले चुनाव हुन्छ भनेरभाषण गर्दै हिडेपनि प्रधानमन्त्री र नेकपाकै कारण चुनाव नहुने बताउनु भयो । आफु नै चुनाब नगराउनेमा ढुक्क भएको भन्दै अहिले एकतर्फ केपी ओली र अर्को तर्फ सिङ्गो देश रहेकोले ओलीले हार्ने कि देशले हार्ने भन्ने अवस्थामा राष्ट्र आइपुगे बताउनु भयो ।


कार्यक्रममा बिशिस्ट अतिथी नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य देबेन्द्रराज कंडेल, तरुण दलका केन्द्रिय कोषाध्यक्ष बिद्दान गुरुङ, संविधान सभा सदस्यद्वय बिक्रम खनाल र देवकरण कलवार पार्टी जिल्ला सभापति बिष्णु पौडेललागायतले बोल्दै अहिलेको सरकारले संविधान प्रती प्रतिगमन गरेको कारण प्राप्त उपलब्धिहरु गुम्ने खतरा बढेको बताउनु भएको छ ।
कार्यक्रम नेपाल तरुण दलका जिल्ला सभापति शुक बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन यज्ञ पौडेलले गर्नु भएको थियो ।