अमेरीकामा सामाजीक सेवामा सकृय सोमनाथ घीमीरेको राजनीतीक यात्रा

अमेरीका

प्रकाशित मिति:

नेपालमा रहदादेखीनै राजनीतीमा सक्रिय सोमनाथ घिमीरे अहिले अमेरीकामा रहेर पनी सामाजीक काम गरीरहनु भएको छ । नेपाली जनसम्पर्क समीती अमेरीका न्युर्योक च्याप्टरको संस्थापक सभापती सोमनाथ घीमीरे संग नेपाल देखि अमेरीकासम्म रहदाका अनुभव समेटेर कुराकानी गरेका छौ ।
नेपालमा रहदा राजनीतीमा कहीले वाट सक्रिय रहनु भयो ?
नेपालमा रहदा २०४४ साल बाट नेपालि काग्रेसं पार्टी को सदस्यता लिएर सक्रिय रुपले काम गर्दै आएको थिए ।४५,४६ कोजनआन्दोलनताका आदर्श रात्रि क्याम्पस मोरङंको ने बि सघको महासचिब थिए । त्यती वेला नेपाली कांग्रेसले अगाडी वढाएको पन्चायती व्यवस्था विरुध्द को आन्दोलनमा सक्रिय सहभागी भएर विद्यार्थिको मोर्चा समालेर अगाडी वढेको थिए त्यतिखेर ने बि सघं आदर्श रात्रि क्याम्पसका सभापति बिनय तिवारी हुनुहुन्थीयो । आन्दोलन पनी सफल भयो त्यस पछी पार्टीको विभिन्न तहमा रहेर नेपालमा रहदा सम्म काम गरीरहे । जनआन्दोलन सफल भएपछि ४८ र ५२, ५३ सालको चुनाबमा मोरङ क्षेत्र नं ७ कि उम्मेदवार मेरी राजनितिक गुरुआमा स्व आदरणिय शैलजा आचार्य दिदिकोलागी दिन रात खटेर एउटा काग्रेसि सिपाही को भुमिका निर्वाह गरेको थिए ।

अमेरीकामा कुन कुन संस्थामा रहेर के के काम गर्नु भयो ?
अमेरिकामा आएपछी पनी ४ ,५ वटा सस्थामा आबद्व भएर काम गरेको अनुभव रहेको छ । म सन १९९७ मा Alliance for Democracy & Human Rights in Nepal-USA  को सदस्यता लिएर काम गरेको अनुभव छ । यो एउटा एतिहासीक संस्था थियो जुन सन १९८९ न्युयार्क मा दर्ता भएको र नेपालको प्रजातान्त्रिक जनआन्दोलन मा धेरै सक्रिय भुमिका निर्वाह गरेको थियो । यस सस्थामा डा मिनेन्द्र रिजाल संस्थापक महासचिब र अन्य आदरणिय अग्रज ज्यु हरुलाई मैले सम्झनु पर्छ स्व. शानु शाह, स्व शैल उपाध्याय, डा कमल पाण्डे, डा गोबिन्द कोइराला हरि अधिकारि डा तारा निरौला खगेन्द्र जि सि बिनोद रोक्का, मृदुला कोइराला उषा अधिकारी रमा सिवाकोटि सजंय पराजुलि अनिल जगं शाह अम्बु जि सि देबि आचार्य शुधाम्सु जोसि, गान्धीं पण्डित, गिरिजा गौतम हरुको सक्रियता थियो। त्यसपछि म यस सस्थाको सभापति भएर काम गर्दै लाग्दा ट्याक्स नचुकाएकोले सस्था मा काम ठप्प भयो । त्यसपछि नेपाल सेन्टर भनेर न्यु योर्क मा दर्ता गर्नु भयो आदरणिय अग्रज ज्युहरुले , यसको ट्रस्टि का चियरमेन तत्कालीन सयुक्त राष्ट्र सघंका उप महासचिब कुलचन्द्र गौतम हुनु भयो र बोर्ड का सभापति छेवांग शेर्पालामा, उपसभापति मा दुर्गा बाहादुर सुबेदि (दुबसु) हाल बेलायत का राजदुत, र म महसचिब भएर काम गर्ने मौका जुरेको थियो । ट्रस्टि मा उप चियरमेन तत्कालीन सयुक्त राष्ट्र सघंमा नेपालका लागि स्थायि प्रतिनिधि मुरारि राज शर्मा हुनुहुन्थियो । यस सस्था मा सन १९९० को दशक मा आएका प्राय सबै नेपालिहरु सस्थापक सदस्य थिए। त्यसपछि नेपालिज डेमोक्र्या्टिक युथ काउनसिल इन यु एस ए मेरै नाम र सोसयल मा दर्ता गरेर नेपाली काग्रेस सगं आबद्व भएर काम गर्न सुरु गर्यो ।

अमेरीकामा रहदा के कस्ता काम हरु गर्नु भयो ?
म लगार्डिया कलेज मा विद्यार्थि हुदा नेपाली युथ क्लबको सस्थापक सभापति भएर दुईवटा भव्य कर्यक्रम गर्यौ कलेजकै हलमा एउटा बिबिध नेपाली सस्कृीतिक कर्यक्रम र अर्को तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा सगं अन्तरक्रिया कार्यक्रम त्यसपछि तत्कालीन ने बि सघं महामन्त्री गगन थापाले मलाई नेबि सघं अमेरिका र क्यनाडा को सस्थापक सभापति नियुक्ति गर्नु भएको थियो । यस्को निरन्तरता ने वि सघं सभापति रन्जीत कर्ण ज्युको पालासम्म रहयो र नेपालि जनसम्पर्क समिति अमेरिका को प्रथम अधिबेसन बाट न्यु यार्क को सस्थापक सभापति हुदाँ हामि कार्यसमिति का साथिहरु मिलि पार्टी कार्यलय ईस्थपना गरेर हरेक विकेण्डमा समाजिक कार्यहरु गरेर एउटा ईतिहासिक र अनुकरणीय कारय गरेका थियौं। यस कार्यलयमा आदरणिय बरिष्ठ नेता रामचन्द्र पौडेल तत्कालिन उपप्रधानमन्त्री सुजता कोइराला र आदरणिय नेताज्यु गोपालमान श्रेष्ठ विश्वप्रकास शर्मा, महेन्द्र ध्वज जि सि र स्व. शैलजा उपाध्याय अन्य नेताज्युहरु को उपस्तिथी रहेका थियो ।

तपाईंहरु को कार्यकालमा जनसम्पर्क समिति अमेरीकाको अवस्था र अहीलेको अवस्था कस्तो छ ?
मैले कलेज शिक्षा लिनु पर्दछ भनी म आफु कलेज अध्ययन तर्फ लागे कीन की त्यती बेला शेर बहादुर देउवा दाजु आउदा पनि कलेज मै हामी ले कार्यक्रम गरेका थियौ । एक बौदिक बिद्वान ब्यक्ती र पार्टिमा त्याग गरेका डा सुरेन्द्र देबकोटा आज भएको यस जनसम्पर्क मा नआउनु को कारण नै यसै जनसम्पर्क को नेतृत्वले गर्दा हो कनेक्टीकट हार्टफोर्ट को प्रथम अधीबेसन मा आनन्द विस्ट समावेश नभई जादै नगई नेपालमा नेताहरु को ढोका ढकढकाउदै र न्यू जर्सी मा बसी डा सुरेन्द्र देवकोटा को कमीटी लाई काम गर्न नदीई कार्यकाल पुरा हुन नदीई अर्को समानान्तर जनसम्पर्क खोल्नु भूकम्प र बाडि पिडित को पैसा लफड़ा गर्नु जनसम्पर्क लाई गुमनाम गराउनु को कारण आज आएर पढेलेखेका अमेरीकी दाजु भाई दिदि बहिनिहरु र नेपाल बाट काग्रेस मा काम गरेका हरु यस जनसम्पर्क मा समेटीएको पाईदैन। साधारण सदस्यहरु र कृयाशिल सदस्यहरुको शुल्क उठाएको हिसाब किताब पारदर्शी नगर्नु सस्थाको बिधि बिधान नमान्नु अमेरिकि कानुन अनुसार कार्य नगर्नु पार्टि कार्यलयको महिनावारि भाडा तिर्न नसक्नु सस्थाको वेवसाईट बन्द गर्नु, सस्थाको अडिट नगर्नु समयमा अधिबेसन गर्न नसक्नु र अन्य धेरै कारणहरुले सस्था गतिशिल हुनसकेको छैन। अमेरीकी जनसम्पर्क बाट नेपाल देस र पार्टी ले धेरै पाउन सक्थ्यो यदी जनसम्पर्क हाक्ने ड्राईवर राम्रो परीदीएको भए यो नैरास्यता पक्कै आउथेन त्यसैले हामी सबै प्रजातन्त्र प्रेमी दाजु भाई दीदी बहीनीहरु यस जनसम्पर्क लाई नमुना र गतिशील र चलायमान गराऔ जसरि हामिले हिजोका दिनमा गरेका थियौं ।

काम गर्दाको कस्तो अनुभुती हुने रहेछ ?
नेपाल लाई अन्तराष्टृिय स्तर मा चिनाऊदै र नेपाली हरुलाइ आइपरेका समस्या हरुको निधान या सकेसम्म समाधान गर्दै एकताबद्व भएर अगाडी बडेको निक्कै उत्साहजनक अनुभव वटुल्ने अवसर पाएको छु । हिजो ४ , ५ वटा सस्थां मात्र थियो न्युयार्क मा हामीले काम गर्दा तर आज १२५ वटा भन्दा बडि सस्थां भईसके र बिदेशमा नेपालिहरु को एकता हुनुपर्ने हो तर  झन झन हामीहरु ए-कता? पो हुदैछौं कि?
भावी योजना के छ तपाईको ?
मेरो भावि योजना भनेको नेपाल मै गएर अमेरिका मा जानेको सिकेको सिप हरुकै आधार मा मातृभूमि लाई नै सेवा गरौं भन्ने छ र पार्टी लाइ समय अनुसार वदल्न र आधुनिकरण गर्न मेरो पहल निरन्तर हुनेछ ।