मिस डायमण्ड नेपाल प्रतियोगिता शुरु

प्रकाशित मिति:

रुपन्देहीको तिलोत्तमामा मिस डायमण्ड नेपाल प्रतियोगिताको शुभारम्भ गरिएको छ ।  तेस्रो लिङ्गीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले सहासी कदम नेपाल रुपन्देहीले आयोजना गरेको मिस डायमण्ड नेपालको शनिबार एक कार्यक्रमकाबीच शुभारम्भ गरिएको हो । रुपन्देही, गुल्मी, पाल्पा, नवलपुर, कपिलवस्तु, तनहुँ, चितवन लगायतका जिल्लाका एक दर्जन तेस्रो लिङ्गीहरुको सहभागिता रहेको प्रतियोगिताको शनिबार शारिरिक अशक्त महिला अम्बिका भण्डारीले केक काटेर शुभारम्भ गर्नु भयो । फागुन १५ गते फाईलन प्रतिस्प्रर्धा हुने प्रतियोगिताका लागि शनिबारदेखि प्रशिक्षण भएकोे साहसी कदम नेपालका अध्यक्ष आनीक राना मगरले जानकारी दिनुभयो । बन्द प्रशिक्षणबाट निखारिएका तीन प्रतिस्प्रर्धीलाई विजेता घोषणा गरिने छ । प्रतियोगिताबाट मिस डायमण्ड नेपालको उपाधी विजेताले नगद २० हजारसँगै थुपै गिफ्ट हेम्परहरु प्राप्त गर्ने सचिव रेशम न्यौपानेले जानकारी दिनुभयो ।