बालुवाको ढिस्कोले पुरेर पाल्पामा दुईजनाको मृत्यु

प्रकाशित मिति:

पाल्पामा बालुवाको ढिस्कोले पुरेर दुईजनाको मृत्यु भएको छ । पाल्पाको को पूर्वखोला गाउँपालिका ४ छेबकुनमा बालुवा खानीमा पुरिएर दुई जनाको मृत्यु भएको हो ।पूर्वखोलास्थित सोही वडाका बालीपोखराका १३ वर्षीया पवित्रा सारू र ३६ वर्षीया मायादेवी सिंह को बालुवाको ढिस्कोले च्यापेर मृत्यु भएको प्रहरीले जनाएको छ ।सारुको घटनास्थलमै र घाईते भएकी सिंहलाई उपचारको मेडिकल लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैंयाले जानकारी दिए ।