तमु युवा छोज धिं रुपन्देही गठन, अध्यक्षमा सिद्धार्थ

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल – तमु युवा छोज धिं,रुपन्देही जिल्ला कार्य समिति एक कार्यक्रमका बिच गठब भएको छ । सिद्धार्थ गुरुङको अध्यक्ष रहेको कार्यसमितिमा १५ सदस्यीय समिति चयन गरिएको छ । समितीको उपाध्यक्षमा मोहन गुरुङ, अनिल गुरुङ , सचिवमा चित्र गुरुङ कोषाध्यक्षमा सुदिप गुरुङ ,संगठन सचिवमा अर्जुन गुरुङ ,प्रचार सचिवमा विश्व गुरुङ ,सह-कोषाध्यक्षमा राजेश गुरुङ ,सदस्यहरुमा रोमन गुरुङ , रोशन गुरुङ ,सागर गुरुङ , मन कुमार गुरुङ , विजय गुरुङ ,राजु गुरुङ लगायत रहनुभएको छ ।

रुपन्देही समितीले चरणबद्ध जिल्लाभर छरिएर रहेका र आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्ने हेतुले प्रत्येक स्थानिय तहमा तमु युवा धोज धिं गठन गर्ने उदेश्य लिएको संगठन सचिब अर्जुन गुरुङले सबलपोस्टलाई बताए ।