सरकारले स्वास्थ्य सम्बन्धी ३ वटा कुरा ध्यानमा राखि काम गरिरहेको मन्त्री त्रिपाठीको भनाई

प्रकाशित मिति:

रामु भुषाल, पश्चिम नवलपरासीको बर्दघाट ९ भुताहामा अवस्थित पञ्चनगर स्वास्थ्य चौकीको आईतबार एक कार्यक्रमका बिच शिलान्यास भएको छ । बर्दघाट वार्ड नंं ९ का वार्ड अध्यक्ष एवं पञ्चनगर स्वास्थ्य  चौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईको अध्यक्षता एवं नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीको प्रमुख आतिथ्यतामा सम्पन्न शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री त्रिपाठीले आफु स्वास्थ्य मन्त्री भइसकेपछी सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको निशुल्क रुपमा खोप उपलब्ध गराउने, सबै पालिकाहरुमा आधारभुत अस्पतालको पुर्णता दिइने र स्वास्थ्य मन्त्रालयका स्वास्थ्य कर्मचारीहरुको समुचित समायोजन गरि हौसला प्रदान गर्ने लगाएत स्वास्थ्य सम्बन्धी ३ वटा कुरालाई प्राथमिकतामा राखि आफुले काम गरिरहेको बताउदै आफु स्वास्थ्य मन्त्री भएको दुई महिना नवित्दै नेपालमा कोरोना खोप भित्राई नागरिकलाई खोप दिन सुरु गरिएको बताउनुभयो । साथै उहाँले यहि फल्गुन २३ गते देखी ६० बर्ष पार गरेका सम्पुर्ण ज्येष्ठ नागरिकहरुलाई नया चरणको खोप दिइने हुदा सो उमेर समुहका सम्प्ुार्ण नागरिकलाई सेवा लिन आग्रह समेत गर्नु भयो ।

सोही कार्यक्रममा फरक प्रसंगमा बोल्दै मन्त्री त्रिपाठीले राजनितिक दलहरुले लामो राजनिति गर्ने हो भने ईमान्दारी पुर्वक आफुमा जवाफदेहीपन हुनु पर्ने बताउदै त्रिपाठीले अरुको आलोचना गरी आफु ठुलो हुने प्रचलन नेपालको राजनितिमा मौलाउदै गएको हुदा अहिलेको राजनिति रोचक मोडमा पुगेको र संविधानको व्याख्या गर्ने अधिकार सर्वाेच्च अदालतको भएको हुदा संविधानत सर्वाेच्चको आदेश पर्खन समेत सम्पुर्ण राजनितिक दलहरुलाई आग्रह गर्नु भयो । कार्यक्रममा बिशेष अतिथिका रुपमा संविधान सभा सदस्य बिक्रम खनाल, बर्दघाट नगरपालिकाकी नगर उप प्रमुख मायादेवी पौडेल, बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्याय, नेकपा बर्दघाट नगर ईन्चार्ज रुद्र प्रकाश उपाध्याय, नेपाली कांग्रेस बर्दघाट नगर सभापति शम्भुलाल श्रेष्ठ, मदन आश्रित प्रतिष्ठानका अध्यक्ष यज्ञ प्रसाद खनाल लगायतले मनतव्य राख्नु भएको थियो । राष्टिय पुन निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यलय ईकाई भरतपुरको सहयोगमा निर्माणाधिन पक्कि भवनको ३ करोड ३० लाख ५५ हजारको लगानीमा १५ महिना भित्र निर्माण कार्य सम्पन्न हुने गरी किरातेश्वर कन्ट्क्सन एण्ड ड्रिलिङ कम्पनि प्रा.ली काठमाण्डौले जिम्मा लिएको पुन निर्माण प्राधिकरण भरतपुरका ईन्जिनियर सुवास न्यौपानेले जानकारी दिनुभयो । वार्ड नंं ८ का वार्ड अध्यक्ष कविराज आचार्यको स्वागत मनतव्य रहेको कार्यक्रमको संचालन पञ्चनगर स्वास्थ्य चौकीका ईन्चार्ज बाबुराम तिमिल्सीनाले गर्नु भएको थियो ।