बहुउद्देश्यीय भवन निर्माणको लागि खरिद गरिएको जग्गामा बोर्ड अनावरण

प्रकाशित मिति:

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले बहुउद्देश्यीय व्यबसायिक भवन निर्माणको लागि बुटवल उपमहानगरपालिका वडा नं. १५ सेमलारको चम्किपुरमा खरिद गरेको जग्गामा बोर्ड अनावरण गरिएको छ । संघको ६८ औं स्थापना दिवसको अवसरमा उक्त जग्गामा आईतबार बोर्ड अनावरण गरिएको हो । संघले बहुउद्देश्यीय व्यबसायिक भवन निर्माणको लागि सेमलारको चम्किपुरमा ७ कठ्ठा जग्गा खरिद गरेको थियो । उक्त जगगामा संघका अध्यक्ष खिमबहादुर हमाल सहित निवर्तमान अध्यक्ष महेशमान सिंह, पूर्व अध्यक्षहरु सुरेन्द्रप्रसाद श्रेष्ठ, निर्मलप्रसाद लाकौल, कुशप्रसाद मल्ली, अर्जुनमान सैंजु र जीवनप्रसाद वझाले संयुक्त रुपमा बोर्ड अनावरण गर्नुभएको हो ।

त्यस अवसरमा संघका पदाधिकारी, कार्यससिमिति सदस्यहरु, बस्तुगत समितिका पदाधिकारी, उद्योगी व्यबसायीको सहभागिता रहेको कार्यक्रम संयोजक प्रतिक पोखरेलले जानकारी गराउनु भयो । संघले लिएका लक्ष्य परिपूर्तिको लागि बहुउद्देश्यीय भवन निर्माण गरिने र त्यसमा बिशेषगरी कृषिलाई प्राथमिकता दिईने संघका अध्यक्ष हमालले जानकारी गराउनु भयो । जग्गा खरिदको लागि संघका निवर्तमान अध्यक्ष सिंहको संयोजकत्वमा समिति गठन गरिएको थियो । उक्त समितिले बिभिन्न स्थानमा जग्गाको अवलोकन तथा अध्ययन गरेर उक्त जग्गा छनौट गरेको थियो । संघले निकट भविश्यमै पूर्वाधार निर्माणको काम सुरु गर्ने महासचिव दिनेशप्रसाद श्रेष्ठले जानकारी गराउनु भयो ।