नेकपा फुटेको छैन : मन्त्री अर्याल

प्रकाशित मिति:

स्याङ्जा—९, फागुन, नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले नेपाल कम्युनिष्ट पाटी(नेकपा) कानुनी रुपमा नफुटेको दावी गरेकी छन् । स्याङ्जाको वालिङ स्थित भुम्रे अर्चलेबाट तमादी डुम्रेभञ्याङ बानीडाँडा हुदै सेतीवेणी गुल्मी सम्म पुग्ने कालोपत्रे सडकको शिलन्यास गर्दै मन्त्री अर्यालले केही साथीहरु सडकमा गएपनि नेकपा कानुनी रुपले नफुटेको बताएकी हुन् । नेपाल अब चुनावी बाटोमा लागेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा गएका साथीहरुलाई तपाईहरुलाई चित्त नबुझेर सडकमा जानु भएको छ फकेर आउनुहोस भनेर आव्ह्रान गर्नुभएको छ मन्त्री अर्यालले भनिन् ।  कम्युनिष्ट पाटीहरु फुट्ने र जुट्ने यो कुनै नौलो नभएको भन्दै मन्त्री अर्यालले प्रधानमन्त्रीले व्यवस्थापनको व्यवस्था अवलम्वन गरेको नेकपा नफुटेको जिकिर गरिन् ।

३० बर्षको इतिहासमा नेपालमा कुनै विकास र नेपाललाई चिनाउने काम नभएको भन्दै मन्त्री अर्यालले यो तिन बर्षमा सरकारले उल्लेख्य काम गरेको दावी गरिन् । लिपुलेक लिपियाधुरालाई नक्सामा समेट्ने देखि सगरमाथाको उचाई नाप्ने काम यही सरकारले गरेको भन्दै ३० बर्ष सम्म बनेका सरकारले किन गर्न सकेन् भन्दै प्रतिप्रश्न मन्त्री अर्यालको थियो । स्याङ्जा क्षेत्र नम्वर २ का मतदाता बलियो भएको भन्दै युगौ युग सम्म देशले सम्झनलायक काम गरेको छ मन्त्री अर्यालले भनिन्,‘यो क्षेत्रका मतदाता शक्तिशाली रहेछन् भन्ने प्रष्ट हुन्छ ।’ चुनाबका बेला बोलेका प्रतिवद्धता यो सरकारले पुरा गरेको छ उनले भनिन् । स्याङ्जाको समग्र विकासमा सबै एकताबद्ध भएर लाग्नु पर्ने बताउदै मन्त्री अर्यालले तिनबर्षमा शिक्षा, स्वास्थ्य, खानेपानी र सडके योजनामा धेरै काम भएको जिकिर गरिन् । शिलन्यास कार्यक्रममा गण्डकी प्रदेश विद्यायन समितिका सभापति मोहोन रेग्मी, वालिङ नगर प्रमुख दिलिपप्रताप खाँण लगायतका बक्ताहरुले तिनै तहका सरकारका प्रतिनिधि मिलेर स्याङ्जाको समग्र विकासमा लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए । यस आर्थिक बर्षमा ४० लाखको बजेट विनियोजन भई शुरु भएको कालोपत्रे सडक दर्शन कन्स्ट्रक्सन प्रालि वालिङ स्याङ्जाले जिम्मेवारी पाएको छ । कक्रिमरुपले निर्माण हुने सडक १ करोड ५० लाख ९३ हजार ८ सय ८७ रुपैयामा सम्पन्न हुने सडक डिभिजन पोखराले जनाएको छ ।