रुपन्देही र पाल्पा जोड्ने सिद्धार्थ केवलकारको शिलान्यास

प्रकाशित मिति:

झबिन्द्र देवकोटा, बुटवल, ९ फागुन । बुटवलबाट पाल्पाको नुवाकोटसम्म सन्चालन गर्न लागिएको सिद्धार्थ केवलकारको आईतवार शिलान्यास गरिएको छ । अबको १८ महिनाभित्र निर्माण सम्पन्न भई सन्चालनमा ल्याउन थालिएको सिद्धार्थ केवलकारको आईतवार एक कार्यक्रमकाबीच अर्थमन्त्री विष्णु पौडेलले शिलन्यास गर्नु भएको हो । बुटवल उपमहानगरपालिका अन्तर्गत पर्ने देउराली डाँडामा रहेको केवलकारको तल्लो स्टेशनमा आयोजित एक कार्यक्रमकाबिच अर्थमन्त्री पौडेलले केबलकारको भुमिपुजन साथै शिलन्यास गर्नु भएको हो ।

सो अवसरमा उहाले पर्यटकीय सम्भावना बोकेको सिंगो रुपन्देहीलाई पर्यटकीय हवका रुपमा बिकास गर्न सिद्धार्थ केवलकारले महत्त्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाले केवलकारको निर्माण समयमै सक्न र पर्यटकीय बिकासमा स्थानीय सरकारसङ सङैसङै सहयात्रा गर्न प्रालिलाई सुझाव समेत दिनु भयो । कार्यक्रममा केवलकारको अवधारणा प्रस्तुत गर्दै सिद्धार्थ केबलकार प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले अबको १८ महिना भित्र केबलकार सञ्चालनमा ल्याउने योजना रहेको जानकारी दिनुभयो । तल्लो स्टेशन देउरालीडाडादेखी माथिल्लोडाडासम्म २ किलोमिटर दुरी रहेको र सोही लम्बाइको केबलकार स्टेशन निर्माण गर्न लागिएको गुरुङले बताउनु भयो । केवलकारका २५ डब्बा रहने र निरन्तर डब्बाहरु चलिरहने उहाले बताउनु भयो । केवलकार निर्माण गर्न झन्डै ८० करोड रुपैया लागत अनुमान गरिएको समेत उहाले जानकारी गराउनुभयो । केवलकार सन्चालनमा आएसङै तल्लो स्टेशनबाट माथील्लो स्टेशनसम्म ८ मिनेटमा पुगिने समेत उहाले बताउनुभयो । सो अवसरमा अध्यक्ष गुरुङले केवलकार मर्मत र दक्ष जनशक्ति उत्पादनका लागि केवलकारको उच्च प्रबिधी बुटवलनै भित्राउनका लागि गृहकार्य भएको र यसलाई सहयोग गर्न अर्थमन्त्री पौडेलको ध्यानाकर्षण गराउनु भएको थियो । केवलकारको उच्च प्रबिधी भित्रीएमा केवलकार निर्माण र मर्मतकालागी भारतजाने ठूलो रकम नेपालमै रहने गुरुङको बिश्वास छ । अध्यक्ष गुरुङ्गका अनुसार सिद्धार्थ केबलकार प्रालिले २०६८ सालमा केबलकार निर्माणको अभियान अगाडि बढाएको थियो। केबलकार सञ्चालनको लागि २०७५ साल साउनमा ३ दशमलव ९८ हेक्टर र २०७६ फागुनमा २ दशमलब ११८ हेक्टर बन क्षेत्र ३० वर्षको लागि प्रालीलाई भोगचलान गर्न मन्त्रीपरिषद बैठकले स्वीकृती दिएको थियो। यसको सट्टाभर्ना जग्गा पनि सरकारलाई बुझाई सकिएको उहाले बताउनु भयो ।