दोस्रो राष्ट्रपति रनिंग शिल्ड छनौट प्रतियोगिता २०७७ सोमबार समापन

प्रकाशित मिति:

मधुसूदन नेपाल, बुटवल- बुटवल उपमहानगरपालिका अन्तर्गत बुटवल नगर खेलकुद विकास समितिद्वारा आयोजित दोस्रो राष्ट्रपति रनिंग शिल्ड छनौट प्रतियोगिता २०७७ सोमबार समापन भएको छ ।

उक्त समापन समारोहमा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले सुसंस्कृत समाज निर्माणमा खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले बुटवल उपमहानगरपालिकाले भावी दिनहरुमा राष्ट्रपति रनिंग शिल्डमा भएका कमि कमजोरीहरुलाई न्युनिकरण गरि खेलकुदको विविधिकरण र विशिष्टिकरण गर्दै लैजानेमा जोड दिदै बुटवल उपमहानगरपालिकाले विभिन्न उमेर समुहका नगरवासीलाई लक्षित गरि ४ स्थानमा खुल्ला जिम निर्माण गरेको र यसलाई विस्तार गर्दै अगाडी बढने धारणा बताउनु भयो ।

राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता २०७७ मा कालिका मानवज्ञान मा. वि. १२ स्वर्ण, ५ कास्य र ४ रजत गरि जम्मा २१ पदक प्राप्त गरि दोस्रो राष्ट्रपति रनिंग शिल्ड विजेता बनेको छ । नवीन औधोगिक कदर बहादुर रिता मा. वि. ले ४ स्वर्ण, ९ कास्य र ७ रजत गरि २० पदक सहित द्वितीय भएको छ भने न्यु होराइजन मा. वि. ४ स्वर्ण, ४ कास्य र ३ रजत पदक गरि ११ पदक प्राप्त गरि तृतीय स्थान प्राप्त गरेको छ । छात्र भलिबल तर्फ मणिमुकुन्द मा. वि., छात्रा भलिबल तर्फ एभरेष्ट मा. वि. र छात्रछात्रा कबड्डी तर्फ न्यु होराइजन मा. वि. ले स्वर्ण पदक प्राप्त गरेको नगर खेलकुद विकास समितिका सदस्य प्रेम बहादुर बस्नेतले बताउनुभयो ।

नगर खेलकुद विकास समितिका संयोजक नन्द बहादुर काउचाको अध्यक्षतामा सदस्य सचिव बिष्णुहरि ज्ञवालीको संचालनमा सम्पन्न समापन समारोहमा विजेता, उप विजेता विद्यालय तथा खेलाडीलाई नगर प्रमुख शिवराज सुवेदी, उप प्रमुख गुमादेवी आचार्य, वडा न. १६ का वडा अध्यक्ष एवं प्रवक्ता रामप्रसाद रेग्मी, निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, सामाजिक समिति सभापति सीता थापा लगायतले मेडल तथा प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

समापन कार्यक्रममा नहरपुर मा. वि.का प्र. अ. एवं नगर शिक्षा समितिका सदस्य धनिश्वर गौतम, मदरल्याण्ड स्कूलका प्राचार्य एवं नगर खेलकुद विकास समिति सदस्य मणिराम भण्डारी, नवीन थापा सारु लगायतले मन्तब्य व्यक्त गर्नु भएको थिया ।

खेलकुद समापन कार्यक्रममा नगर खेलकुद विकास समितिका सदस्यहरु प्रेम बहादुर बस्नेत, मणिरत्न भण्डारी, नविन थापा सारु, अशोक गुरुङ्ग, उमेश थापा, अर्जुन घिमिरे, गंगाराम सुनार, विजय कुवँर, शर्मिला खड्का, पवित्रा ज्ञवाली र सदस्य सचिव कोपिला ज्ञवाली लगायतले खेलमा सहजिकरण गर्नुभएको थियो ।