मकै घर को सेवा मणिग्राम चोकमा शुरु

प्रकाशित मिति:

मकै घर को सेवा तिलोत्तमा नगरपालिकाको मणिग्राम चोकमा शुरु भएको छ । मकैको धेरै परिकार पाउने खानाको उत्कृष्ट रेष्टुरेन्टको पहिचान बनाएको मकै घर को मणिग्राममा तेस्रो शाखाका शुरु गरिएको हो । यसअघि कामठमाण्डौ बाहिर भैरहवाको आवारोड र हिमाली पथमा शाखा रहेको छ ।मणिग्राममा ३ जना संचालकहरु शिव अधिकारी, नवराज खरेल, हरि पौडेलले रेष्टुरेन्ट सेवा सुभारम्भ गरेका हुन। मकैघरमा मकैका मम, चटपट, डोसा, पिज्जा, बर्गर, समोसा, बटुक, चिया, परौठा, मकैको ढिडो, भुटेको मकै र महीसहित १ सय ५ परिकारहरु बन्ने उनले बताए ।मकैसंगै माछाका परिकार, चिकनका परिकार, मटनका परिकार, चिकन टिक्का, भगेलु सेकुवा, हण्डी मटन, सिक कवाव, तन्दुरी परिकार, विरयानी, नान, परौठा समेत उपलब्ध हुनेछन । असोज १ गतेबाट भैरहवामा सेवा शुरु गरेको मकैघरले छोटोसमयमा नै सफलता मिलेको उनले बताए। करीब १० लाख लगानीमा आकर्षक रेष्टुरेन्ट संचालनमा ल्याएको उनले बताए।
रेष्टुरेन्टमा होम डेलिभरी समेत सेवा उपलब्ध रहेको छ । रेष्टुरेन्टमा ५ जनाले रोजगार पाएका छन।एक समारोहका बिच तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीले उद्घाटन गरेका छन । उपाध्यक्ष कृष्ण शर्मा, महासचिव कमल कंडेल, सचिव विष्णु भण्डारी, सहसचिव टिकाराम भण्डारी, कोषाध्यक्ष सुरज पंगेनी, सचिवालय सदस्य नारायण पौडेल, कृष्ण पाण्डेलगायतले सफलताको लागि शुभकामना ब्यक्त गरेका थिए ।