साईन रेसुंगा १३ औं वर्षमा प्रवेश, बुटवलको कालिकानगरमा नवनिर्मित केन्द्रिय कार्यालयको भवनबाट सेवा सुरु

प्रकाशित मिति:

रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय रहेको साईन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले १२ वर्ष पुरा गरी १३ वर्षमा प्रवेश गरेको छ । बैंकले १३ औं वर्ष प्रवेश गरेसंगै कालिकानगरमा आफ्नो सुविधासम्पन्न नयां भवनबाट कारोबार सुरु गरेको छ । ६ करोडको चुक्ता पुंजीबाट कारोबार बैंकले अहिले ३ अर्व ४० करोड चुक्ता पुंजी बनाउन सफल भएको छ । बुटवलमा केन्दिंय कार्यालय स्थापना गरेर लुँिम्बनी प्रदेश हुंदै राष्ट्रिय स्तरको विकास बैंक बन्न सफल यस बैकले ११ जना कर्मचारीबाट २०६५ सालमा स्थापना भई १२ वर्ष पुरा हुंदा साईन रेसुङ्गा बैंक बन्दै ७ सय ७५ जनालाई प्रत्यक्ष रोजगारी दिन सफल भएको जनाएको छ । सोमवार बैंकको प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बैंकका अध्यक्ष थानेश्वर पौडेलले लुम्बिनी प्रदेशको आर्थिक समृद्धिको आधार बनाउने लक्ष्यसहित बैंक अगाडि बढेको बताए । उनले बैंकले नाफा कमाउने उद्देश्यमा मात्र केन्द्रित नभएर कोरोनाबाट धारासायी भएका उद्योगी र व्यवसायीलाई सहलियत ब्याज दरमा पुनरकर्जा समेत प्रवाह गरेको जानकारी दिए । रेसुङ्गा विकास बैक लिमिटेड गुल्मीसंग मिति २०६९ चैत ४ गते, गौमुखी विकास बैक प्युठानसंग २०७३ जेठ २९ गते, पुर्णिमा विकास बैकसंग २०७६ असोज २७ र भार्गव विकास बैक लिमिटेडसंग २०७६ असोज २७ गते मर्जर गरिएको पौडेलले बताए । बैकले हाल ३३ अर्ब १२ करोड निक्षेप र ३० अर्ब ५० करोड कर्जा प्रवाह गरेको छ । बैकका ४ लाख २३ हजार बढी ग्राहक छन। नेपाल राष्ट्र बैकले कुल कर्जाको कम्तीमा १६ प्रतिशत उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने नीति अनुरुप बैकले २४.६९ प्रतिशत लगानी गरेको बैंकका प्रमुख कार्याकारी अधिकृत प्रकाश पौडेलले जनाए ।

कृषि लगायत ब्याज अनुदायमा आधारित कर्जा १०।९९ प्रतिशत कर्जा प्रभाव गरेको अध्यक्ष पौडेलले बताए । बैकले लघु, घरेलु तथा साना उद्यम १५ लाखसम्म उद्यम, ब्यापार ब्यवसाय कर्जा अन्तरगत ३ सय ४ जना ऋणिलाई २४ करोड, ५ प्रतिशत ब्याज दरमा प्रदान गरिएको उनले बताए । यसैगरि महिला उद्यमी, फरक ढंगले सक्षम ब्यक्तिले संचालन गरेको उद्यम ब्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा ६ जनालाई ४ करोड १९ लाख, ३ प्रतिशत ब्याज दरमा विशेष पुनरकर्जा प्रदान गरेको छ ।

पौडेलका अनुसार बैकले ब्यवसायिक कृषि तथा पशुपक्षी कर्जा अन्तरगत ४ सय ७३ जनालाई १ अर्ब २० करोड, महिला उद्यमशिलता कर्जा अन्तरगत ३ सय ३८ जनालाई ३५ करोड २४ लाख, दलित समुदाय ब्यवसाय विकास कर्जा सहुलियत ब्याजदरमा अनुदान कर्जा ११ जनालाई ४२ लाख तथा अन्य २१ जनालाई ३ करोड ४६ लाख कर्जा उपलब्ध गराएको छ । पौडेलले देशभरमा रहका ९० बाट विकास बैकहरु मर्जर भएर १८ वटामा झरेको उल्लेख गर्दै मर्जरबाट अझै त्यो संख्या घट्न सक्ने बताए । बैकको लुम्बिनी प्रदेशका १० जिल्लामा ६८ वटा शाखा, १ वटा एक्सटेन्सन कार्यालय, बागमती प्रदेशको चितवनमा १, काठमाडौमा ३, गण्डकी प्रदेशको बागलुङमा १ गरि ७३ वटा शाखा कार्यालय र १ वटा एक्सटेन्सन कार्यालय रहेको छ । यसैगरि काठमाण्डौमा २, पोखरा १, सुदुरपश्चिम प्रदेशको धनगढीमा १ र महेन्द्रनगरमा १ शाखा कार्यालयको भौतिक पुर्वाधारको संरचना बन्दै छ ।