आज आइतबार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ?

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल मंसिर महिनाको १ गते आइतबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत कार्तिक शुक्ल पक्षको दशमी तिथि विहान १०।४९ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । पूर्वाभाद्रपदा नक्षत्र दिवा २।५७ बजेसम्म रहनेछ । आज हर्षण योग वणिज करण रहेको छ । आज सूर्योदय ६।२८ मा छ भने सूर्यास्त बेलुका ५।९ बजे हुनेछ ।

आज चन्द्रमा विहान ८।२८ सम्म कुम्भ राशिमा सो पश्चात् मकर राशिमा रहनेछन् । आज आइतबार सूर्य भगवान्को उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् 

harekpal bata