गौतम बुद्धको एक प्रेरक प्रसङ्ग

प्रकाशित मिति:

गौतम बुद्ध कुनै एउटा गाउँको बाटो हुँदै यात्रा गरिरहेका थिए । बाटोमा उनका शिष्य आनन्दलाई प्यास लाग्यो । उनी कुवाको नजिक पुगे र पानी भरिरहेकी युवतीसँग पानी मागे ।युवतीले भनिन्— ‘म अछूत हुँ, त्यसैले भिक्षुलाई पानी दिन सक्दिनँ ।’

आनन्दले उत्तर दिए— मैले पानी दिनका लागि भनेको हुँ, जात सोधेको होइन । भगवान् बुद्धले सबैलाई मानव सम्झेर सोधेको होइन । भगवान् बुद्धले सबैलाई मानव सम्झेर जातिको भेदभावबाट माथि उठ भनेर हामीलाई शिक्षा दिनुभएको छ ।’आनन्दका कुराबाट युवती प्रभावित भइन् र भगवान् बुद्धको शिष्य बनिन् ।
साभार– ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट