३९ औं नेपाल मगर संघ स्थापना दिवसको अवसरमा खुल्ला भलिवल प्रतियोगिता तथा सांस्कृतिक नृत्य प्रतियोगिता हुने

प्रकाशित मिति:

११ फागुन,कञ्चन, ३९ औं नेपाल मगर संघ स्थापना दिवसको अवसरमा नेपाल मगर संघ,कञ्चन गाउ कार्य समितिको आयोजनामा खुल्ला भलिवल प्रतियोगिता तथा सांस्कृतिक नृत्य प्रतियोगिता हुने भएको छ। हरेक बर्ष जस्तै यस बर्ष पनि नेपाल मगर संघको ३९ औं स्थापना बर्षको अवसर पारेर कञ्चन ४ को खेल मैदानमा सो प्रतियोगिता हुने भएको हो । मगर एकता दिवसको अवसरमा सबै जाती धर्म र संस्कृति बिचको एकतालाई अझ बलियो बनाउन खुल्ला भलिवल खेल प्रतियोगिताको आयोजना गरिएको नेपाल मगर संघ,कञ्चन गाउ कनर्य समितिका अध्यक्ष डोल बहादुर थापाले जानकारी दिएका छन। खेलकुदको माध्यमबाट राज्यले गरेको जातिय विभेदको अन्त्य गरी जसरी प्रतियोगिता जित्न सामुहिक एकता र आपसी समन्वय आवस्यक पर्छ त्यसरी समाजमा भएको जातिय,भाषिक,लिंगिय बिभेद अन्त्य गर्न हरेक पक्षको एकता र समन्वताको भावनाको बिकास गर्न सकिने सन्देश प्रवाह गर्न भलिवल खेल प्रतियोगिता संचालन गरिएको अध्यक्ष थापाले बताए ।

एकता दीवसकै सन्दर्भमा मगर कला र संस्कृतिको बिकास,सम्बद्र्धन र संरक्षण गर्नको लागि सामुहिक तथा एकल सांस्कृतिक नृत्य प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष थापाले बताएका छन। फागुन १२ गते बाट शुरु हुने खुल्ला भलिवल प्रतियोगितामा बिजेता टिमले २५ हजार नगद पुरस्कार र मेडल प्राप्त गर्ने छन भने दोश्रो हुने टिमले १५ हजार रुपैया नगद र मेडल पाउने आयोजकले जनाएको छ। यस्तै सामुहिक नृत्य प्रतियोगितामा प्रथम हुने समूहले १० हजार नगद र दोश्रो हुने समूहले ५ हजार रुपैया प्राप्त गर्ने छन भने एकल नृत्य प्रतियोगितामा प्रथह हुनेले ५ हजार रुपैया र दोश्रो हुनेले ३ हजार रुपैया प्राप्त गर्ने नेपाल मगर संघ,कञ्चन गाउ कार्य समितिले जनाएको छ।
नेपाल मगर संघले हरेक फागुन १५ गतेका दिनलाई संघको स्थापना दिवसको रुपमा मनाउदै आएको छ ।