संसद पुर्नस्थापनाको निर्णयले अदालतप्रतिको विश्वास बढाएको छ : कोइराला

प्रकाशित मिति:

नेपाली कांग्रेसकी नेत्री तथा पुर्ब उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले प्रतिनिधि सभा पुनःस्थापना गर्ने निर्णयले अदालत माथिको बिश्वास थप भएको बताउनु भएको छ। ‘आजको सर्वोच्च अदालतको ऐतिहासिक फैसला स्वागतयोग्य छ । साथै देश राजनीतिक स्थिरता तर्फ लागेको छ यो निर्णयसँगै अदालतको विश्वास र गरीमा थप बढेको बताउनु भयो। नागरिक टिभिका कार्यकारी सम्पादक रेवती रमण खनाल सग टेलिफोन सम्पर्कमा नेत्री कोइरालाले देशमा संविधान भएको र सुदृढ लोकतन्त्रका लागि यसलाई ठूलो उपलब्धिका रुपमा हेर्नु पर्ने बताउनु भएको छ ।उहाले भन्नुभयो ” सुरुदेखि नै मैले संसद विघटनलाई असंवैधानिक भनेको थिएँ तर अदालतको निर्णयलाइ आफुले स्वीकार गर्ने बताउदै आएको थिएँ आजको फैसलाले अदालतप्रति हाम्रो विश्वास गहिरो भएको छ । संविधान जोगिएको छ जनताको जित भएको छ।’