संसद पुर्नस्थापनाको खुसीयाली मनाउन दीपावली

प्रकाशित मिति:

सर्वोच्च अदालतले संसद पुर्नस्थापनाको पक्षमा फैसला गरेपछि नेकपा प्रचण्ड–नेपाल पक्षले आज बुटवलमा दीपावली गरेको छ । सर्वोच्चले जनताको पक्षमा फैसला गरेको भन्दै बुटवलको पुष्पलाल पार्कमा दीप प्रज्वलन गरिएको नेकपा प्रचण्ड–नेपाल रुपन्देही पक्षले जनाएको छ ।सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेर जनताको पक्षमा फैसला गरेको नेकपा प्रचण्ड–नेपाल पक्षका केन्द्रीय सदस्य बामदेव क्षेत्रीले बताउँनुभयो । जनताले आफ्नो निर्णय आफै गर्न सक्षम रहेको उँहाले बताउँदै केपि शर्मा ओलीको प्रतिगमन समाप्त भएको दाबी गर्नुभयो ।नेकपा प्रचण्ड–नेपाल पक्ष रुपन्देहीका अध्यक्ष राजु गुरुङ्गले संसद पुर्नस्थापनाको खुशीयालीमा बुधबार बिहान ११ बजे बुटवलमा बिजय उत्सवको आयोजना गरिने जानकारी दिनुभयो । ओलीको तानाशाही परास्त भएको उहाले बताउँनुभयो ।