डा केसीको २०औँ सत्याग्रह स्थगित

प्रकाशित मिति:

डा गोविन्द केसीले २०औँ सत्याग्रह स्थगित गरेका छन् । बुधबार माइतीघरमा पत्रकार सम्मेलन गरी उनले सर्वोच्च अदालतबाट नागरिकको आवाज सुनुवाइ भएको भन्दै हाललाई सत्याग्रह स्थगित गर्ने निर्णय गरेको बताए । यसअघि, डा केसीले प्रतिनिधिसभा पुनःस्थापनासहित तीनबुँदे माग राख्दै फागुन १२ गतेसम्म माग पूरा नभए आन्दोलनमा जाने घोषणा गरेका थिए । सत्याग्रह स्थगित भए पनि संसद् पुनःस्थापनाबाहेकका दुईवटा माग पूरा गर्न दबाबमूलक कार्यक्रम भने गरिरहने डा। केसीको भनाइ छ ।

यस्ता छन् बाँकी दुईबुँदे माग

१। अवैध रूपमा संवैधानिक निकायहरुमा गरिएका नियुक्ति रद्द गरियोस् ।

२। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि हामीसँग भएका सम्झौता कार्यान्वयन गरियोस् ।

चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउने, सबै सार्वजनिक शिक्षण संस्थामा पचहत्तर प्रतिशत छात्रवृत्ति कार्यान्वयन गराउनेलगायतका राष्ट्रिय चिकित्सा शिक्षा ऐनका प्रावधानहरुको कार्यान्वयन गरियोस् ।