वडा नं ३ मा खेलकुद प्रतियोगिता सुरु

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली, फागुन १२, मसुरीया (देउखुरी दाङ)
राप्ती गाउँपालिका वडा नं ३ मा खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा अध्यक्ष चन्दर चौधरीको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन कार्यक्रम वडा नं ३ को यस आर्थिक वर्षको कार्यक्रम अन्तरगत फुटवल, क्रिकेट र ब्याडमिन्टन प्रतियोगिता को बुधवार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । खुरुरिया, बागढड्डी, बसन्तापुर, आर्दश टोल आचार्य टोल बड्का टोल छुट्की टोल उत्तर मसुरीया ,चौधघरे नयाँबस्ती पैसट्ठी नम्वर गाउँटोल रहेको वडा नं ३ मा खेलकुद प्रतियोगितामा चार समुह विच फुटवल, चार समुह विच क्रिकेट र नौ समुह विच ब्याडमिन्टन प्रतियोगिता हुने वडा सचिव दामोदर पोख्रेलले जानकारीदिनु भएको छ ।