राप्ती गाउँपालिकामा समुदाय र प्रहरी विच सम्वाद

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली, फागुन १२, अधिकारहरुको संरक्षण, प्रबद्धन र विकास मार्फत सामाजिक न्याय, कानुनी राज्य र असल शासनमा आधारीत नेपाली समाजको स्थापनामा सेवारत मधेस मानव अधिकार गृह माहुरी होमले आफ्नो कार्यक्षेत्र राप्ती गाउँपालिकामा समुदाय र प्रहरी विच सम्वाद गरेको छ ।कार्यक्षेत्र राप्ती गाउँपालिका स्थीत ईलाका प्रहरी कार्यालयका प्रमुख तथा मेलमिलाप कर्ता, निगरानि समुह, लैङिक हिंसामा परेका नागरिक तथा न्यायीक समिति, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रतिनिधि विच वडा नं ३ को सिरीचौर समुदायमै सम्वाद गरिएको हो ।न्याय र सुरक्षाको क्षेत्रमा नागरिक र प्रहरीलाई उत्तरदायि बनाउने उदेश्यका साथ समुदाय र प्रहरी विच सम्वाद कार्यक्रमको आयोजना गरिएको माहुरी होमकी सहजकर्ता पुष्पा बन्जाडेले जानकारी दिनु भएको छ ।

राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख भुवन भट्ट लागयतले कार्यक्रममा उठेका विषय बस्तुमाथि प्रकाश पार्नु भएको थियो ।समाजममा घटेका घटना तथा परिघटनाको सेरोफेरोमा छलफल गर्दै नगारिक बाट आएका प्रश्नको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख भुवन भट्टले उत्तर दिनु भएको थियो ।युके ए आइ डी, भिएसओ र ईन्टरनेशनल अलर्टको साझेदारीमा माहुरी होम कपिलबस्तुको सहज परियोजना अन्तरगत कार्यक्षेत्रमा नागरिक र प्रहरी विचको सम्वन्ध प्रगाड बनाउदै न्याय र सुरक्षामा पारस्परिक सहयोगको भावनाका लागि पहल भैरहेको छ ।न्याय र सुरक्षा संग सम्वन्धित सवालमा सुरक्षा निकाय बाट भएका राम्रा र नराम्रा पहलहरु के के छन्, न्याय र सुरक्षामा समुदायले गरेको सहयोग कस्तो छ, सुरक्षा र न्यायको क्षेत्रमा के कस्ता समस्या रहेका छन्, न्याय र सुरक्षामा सरोकारवालाहरुमा आएका मुख्य घटना के कस्ता रहेका छन् लगायतका विषयमा छलफल गरिएको छ ।कार्यक्रलममा समुदायले बढि कुन सवालमा प्रहरीलाई सहयोग गर्ने गरेको छ, समुदायले प्रहरीलाई सहयोग नगर्ने कस्ता विषय रहेका छन्, न्याय र सुरक्षामा सरोकार वाला निकाय प्रहरी, न्यायीक समितिको भुमिकाको समिक्षा गर्दा कस्तो अवस्था छ, सरोकारवालाले सुधार गर्नु पर्ने विषय के कस्ता रहेको छन् र न्याय र सुरक्षामा समुदाय र सरोकारवालाको सहकार्य गर्न सकिने कामहरु के हुन सक्छ भन्ने वारेमा छलफल गरि समाधान निकाल्ने प्रयास गरिएको छ ।