स्याङ्जामा ४५ सयले लगाए कोभिड बिरुद्धको खोप

प्रकाशित मिति:

स्याङजा—१२, फागुन, स्याङजामा सोमबारसम्म ४ हजार ५ सय ८ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । ती मध्ये पहिलो अभियान अन्र्तगत १ हजार ४ सय ९६ जना र दोश्रो अभियान अन्र्तगत ३ हजार १२ जनाले खोप लगाएका हुन । माघ १४ गतेदेखि सुरु भएको पहिलो चरणको खोप लगाउने पहिलो अभियानमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, महिला स्वास्थ्यस्यवंसेवी, एम्बुलेन्स चालक र शव ब्यवस्थापकलाई लगाइएको थियोे । यसैगरी, दोश्रो अभियान अन्र्तगत कर्मचारी (निजामति, प्राबिधिक, संस्थान, प्राधिकरण, पत्रकार, जनप्रतिनिधी, बैंक तथा बित्तिय) क्षेत्रमा रहेकालाई लगाइएको स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले जानकारी दिए । प्रमुख शर्माका अनुसार पहिलो अभियानमा ८७ प्रतिशत र दोश्रो अभियान अन्र्तगत ७३ प्रतिशतले खोप लगाएका छन् ।

स्याङजाका लागि पहिलो अभियानमा १ हजार ७ सय १० र दोश्रो अभियानमा ४ हजार १ सय २४ वटा खोप उपलब्ध भएका थिए । जिल्ला अस्पताल, प्रथामिक स्वास्थ्य केन्द्र, सामुदायीक अस्पतालबाट खोप लगाउने गरिएको थियो । मंगलबार देखि भ्याक्सिन लगाउने काम स्थगित गरिएको छ । स्वास्थ्य कार्यालयलाई उपलब्ध भएको मध्ये एक हजार ३ सय भन्दाबढी खोप मौज्याद छन् । खोप लगाएकालाई सामान्य ज्वरो आउने, शरिर दुख्ने गरेको भए पनि अन्य ठूला समस्या नदेखिएको अस्पतालका सुपरिटेण्डेन्ट डा. सुशिल मरासीनीले बताईन् । जिल्लामा यसै महिनाको २३ गतेदेखि दोश्रो चरणको खोप अभियान सुरु गरिने भएको छ । शिक्षक, शिक्षिका, चालक, सहचालक र ५५ बर्षमाथिका सबैलाई खोप दिनेगरी तयारीमा जुटेको कार्यालयले जनाएको छ । खोप आएपछि कोरोना संक्रमणबाट त्रसिद बनेका स्याङ्जावासीमा ढुक्क भएको बताइएको छ ।