क्षमता अभिवृद्धि तालिम सुरु,

प्रकाशित मिति:

रामु भुसाल, आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीको आयोजना र स्थानिय सरकारको नेतृत्वमा इन्द्रेणी सामाजिक विकास मञ्च द्धारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना ९सामी०को सहयोगमा आप्रवासी परिवार हकहित मञ्चका पदाधिकारी र बैदेशिक रोजगार संग सम्बन्धितहरुका लागि दुई दिवशिय क्षमता अभिवृद्धि तालिम बुधबार इन्द्रेणी सामाजिक विकास मञ्च पञ्चनगरको सभाहलमा सुरु भएको छ ।

आप्रावासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीका अध्यक्ष बल बहादुर थापाको अध्यक्षतामा सुरु भएको सो तालिममा इन्द्रेणी सामाजिक विकास मञ्चका अध्यक्ष बद्री प्रसाद सुवेदी र सामी परियोजना पश्चिम नवलपरासीका कार्यक्रम सम्योजक ज्ञानेश्वर भण्डारीले मञ्चको आवश्यक्ता, काम कर्तव्य, समस्या चुनौती र पैरवीका बारेमा सहजिकरण गर्नु भएको थियोे । कायक्रमा मञ्चमा आबद्ध पदाधिकारी एवं बैदेशिक रोजगारीबाट फर्किएका पश्चिम नवलपरासीका सातवटै स्थानीय तहका बैदेशिक रोजगारबाट फर्केका रिटर्निहरु लगायत ३५ जनाको सहभागीता रहेको छ । बैदेशिक रोजगारीबाट फर्केका कामदारहरु संगठित भई मञ्च गठन गरी बैदेशिक रोजगारको नाममा हुने ठगी लगायतका समस्या चुनौतीलाई न्युनिकरण गर्दै बैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित र उपलब्धि मुलक बनाउने उद्देश्यका साथ मञ्चले जिल्लामा बिबिध गतिबिधिहरु सञ्चालन गदै आएको मञ्चका सचिव रामु भुषालले जानकारी दिनु भयो ।