कसजूलाई विजयी बनाउन मतदातामा आग्रह

प्रकाशित मिति:

रुपन्देही उद्योग संघका पूर्व वरिष्ठ उपाध्यक्ष अजयमान श्रेष्ठले बुटवल उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्षको उम्मेदवारी दिएका उज्ज्वलप्रसाद कसजूलाई मतदान गरी अत्यधिक मतले विजयी बनाउन सबै मतदातामा हार्दिक अपिल गरेका छन् । विज्ञप्तीमा उनले बुटवल उद्योग वाणिज्य संघमा लामो समयदेखि योगदान दिँदै आएका कसजू उद्योगी व्यवसायीको हक हितका लागि निरन्तर सक्रिय र इमान्दार एवं साझा व्यक्तित्वका रुपमा सुपरिचित भएको उल्लेख गर्दै अध्यक्ष पदमा कसजूलाई विजयी बनाउँदा सबै उद्योगी व्यवसायीको हित हुने बताएका छन् ।उनलाई बुटवल उद्योग वाणिज्य संघका अधिकांश पूर्वअध्यक्षहरुको समेत समर्थन रहेको र साझा उम्मेद्वारका रुपमा प्रस्तुत गरिएको चर्चा गर्दै उज्ज्वल कसजूको जित समस्त उद्योगी व्यवसायीहरुको जित हुने बताएका छन् ।तिलोत्तमा व्यापार संघका निवर्तमान अध्यक्ष जे।पी। कंडेलले पनि कसजूलाई आफ्नो समर्थन रहेको बताएका छन् ।