उद्योग वाणिज्य संघको मतगणनामा कसजु अगाडि

प्रकाशित मिति:

बुटवल उद्योग बाणिज्य संघको आगामी नेतृत्वका लागि भएको निर्वाचनमा मतगणना जारी  छ । मतगणनामा अध्यक्ष पदका प्रत्यासी उज्जवल कसजु अगाडि रहेका छन् । यो समाचार तयार पार्दासम्म कसजुले १ सय ३५ मत प्राप्त गरेका छन् भने प्रत्यासी हरि अर्यालले १ सय ५ मत पाएका छन् ।  संघको २४ औं अधिवेशनमा आगामी नेतृत्वका लागि विहिबार भएको मतदानमा कुल १ हजार १७४ मत खसेको छ । मध्यरातीसम्म मत परिणाम सार्वजनिक गर्ने गरी निर्वाचन समितिले मत गणनालाई जारी राखेको छ । यसअघि वरिष्ठ उपाध्य रहेका कसजु र वाणिज्य उपाध्यक्ष रहेका अर्याल बीच अध्यक्ष पदका लागि चुनावी प्रतिस्पर्धा भएको हो । अध्यक्ष सहित सचिव, कोषाध्यक्ष तथा सदस्य पदको लागि निर्वाचन भएको थियो । वरिष्ठ उपाध्यक्ष, उद्योग उपाध्यक्ष, बाणिज्य उपाध्यक्ष, महासचिव, एशोसियट सदस्य र बाणिज्य सदस्य भने निर्विरोध भएको थियो । संघको वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष, बाणिज्य उपाध्यक्ष र महासचिवमा क्रमशः टंकप्रसाद गैरे, नरिश्वर शर्मा पौडेल र बिमलराज भट्टराई निर्विरोध भईसकेका छन् ।