गूल्मेली सर्जक विष्णु भण्डारीको शब्दमा बिस्तारै बिस्तारैले तहल्का पिट्दै….

प्रकाशित मिति:

बुटवल – माया प्रेममा आधारित बिस्तारै बिस्तारै बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम दिवसको अबसर पारि सो गित सार्वजनिक गरिएको हो । उक्त गीतले अहिलेसम्म नेपाली बजारमा राम्रो तहल्का पिटिरहेको छ ।  संगीतकार सरोज पोखरेलद्वारा संगीतबद्ध उक्त गीतको शब्द गूल्मेली सर्जक विष्णु भण्डारीले रचना गरेका हुन् ।

प्रताप दास र शुस्मा बिश्वकर्माको स्वरमा सजिएको गित सरोज पोख्रेलले बजारमा ल्याएका हुन । यूआर स्टाइल प्रोडक्सनले निर्माण गरेको उक्त गितको भिडियोमा दीपक घिमिरे तथा सञ्जिता पाण्डेयको जोडीलाई देख्न सकिन्छ । उक्त भिडियो संगीतकार सरोज पोखरेलको आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस :-