जोशीको स्वास्थ्यमा सामान्य सुधार

प्रकाशित मिति:

काठमाडौं । मस्तिष्कघात भइ अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्यमा झिनो सुधार देखिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार जोशीका हातगोडा चल्मलाउन थालेका छन् । नर्भिक अस्पतालद्वारा जारी विज्ञप्तिका अनुसार आज बिहान डेढ घन्टठाजति बेहोस पार्ने औषधि प्रयाग नगरी हेर्दा जोशीले दाहिने हात र खुट्टा चलाएका थिए । जोशीलाई हेरिरहेका न्यूरो सर्जन डा: राजीव झाले जोशीको अवस्था गम्भिर तर थोरै भए पनि सुधारोन्मुख देखिएको बताएका छन् ।

अस्पतालको विज्ञप्तिमा भनिएको छ, ‘नर्भिकमा आएदेखि आज बिहानसम्म उहाँलाई लगातार बेहोस पार्ने औषधि राखेर उपचार जारी राखिएको थियो । डा। झा नेतृत्वको टिमले आज बिहान राउन्ड गर्ने क्रममा बेहोस पार्ने औषधि हटाएर हेर्दा नेता जोशीेले हात र खुट्टा चलाउनुभएको छ ।’ जोशीलाई नर्भिक अस्पतालको सघन उपचार केन्द्रमा राखेर उपचार भइरहेको छ ।