अमेरीकामा वालकले ६१ वर्षे लाई गोली हानी मार्यो

प्रकाशित मिति:

काठमाडौं । अमेरिकाको न्युजर्सीमा एक १६ वर्षे बालकले ६१ वर्षको मानिसलाई गोल हानेर मारेको छ । १६ वर्षेले बिहीबार राति भारतीय मुलका सुनील एडलालाई गोली हानेर मारेको हो ।
तेलंगनाका एडला आफ्नी आमाको ९५ औं जन्मजयन्ती मनाउन परिवारसहित अर्को महिना भारत आउँदै थिए ।

स्थानीय मिडियाका अनुसार नाइट सिफ्टको जागिर खानका लागि अफिस जाँदै गर्दा बेंन्टनोर शहरमा उनको गोली हानी हत्या भएको हो । पुलिसले आरोपीलाई शनिबारै पक्राउ गरेको छ । नाबालिग भएका कारणले उसको नाम भने नखुलाइएको प्रहरीले बताएको छ ।
एडला ३० वर्षदेखि हस्पिटालिटी उद्योगमा काम गर्दै आएका थिए ।

पोष्टमार्टम रिपोर्ट अनुसार एडलामाथि थुप्रै गोली प्रहार भएको थियो र घटनास्थलमै ज्यान गएको थियो । आरोपमा भारतीय मुलका सीईओ सिलिकन बैलीलाई पनि गिरफ्तार गरिएको छ ।

एजेन्सीको सहयोगमा