पञ्चनगर खानेपानीको साधारणसभा सम्पन्न, सस्थापक अध्यक्ष र व्यस्थापक सम्मानित

प्रकाशित मिति:

प्रकाश न्यौपाने
फागुन १५

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १० मा रहेको पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दशौं बार्षिक साधारणसभा तथा पाचौं अधिवेशन आज सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रुपमा रहनुभएका संविधान सभा सदस्य विक्रम खनालले खानेपानी संस्थाले संस्थागत अभ्यास र आत्म मुल्यांकनमा जोड दिनुपर्ने बताउनु भयो । खनालले सफा पानीको सम्बन्ध मानव स्वस्थ्यसङ्ग जोडिएको बताउदै सफा पानी भएमा ९० प्रतिशत रोगबाट मुक्ति मिल्ने स्वस्थ कर्मीहरुको भनाइले समेत सफा पानीको महत्व झल्काउने बताउदै सस्थाले उपभोक्तको स्वस्थ्यमा बिशेश ध्यान दिनु पर्ने बताउनु भयो ।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष सम्भुलाल श्रेष्ठ,
कार्यक्रममा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नवलपरासीका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठ,बर्दघाट नगरपालिका वडानम्बर ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाई,वडानम्वर १० का वडा वडाध्यक्ष राजु मिश्र, निवर्तमान अध्यक्ष लोमा वाग्ले, जनकल्याण साकोसका अध्यक्ष डिक बहादुर पाण्डे, संसारकोट हरियाली सामुदायिक बन तथा उपभोक्ता समुहका अध्यक्ष कमल पराजुली, गैर सरकारी संस्थाका अध्यक्ष वालिन्द्र विक्रम शाही लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्ने बक्ताहरुले खानेपानी संस्थाले उपभोक्ताको मागलाई मध्यनजर गर्दै सोही अनुसारको सेवा उपलब्ध गराउनुपर्ने र शुद्धतामा पनि ख्याल गर्नुपर्ने बताउनु भयो ।
साधारण सभामा सस्था स्थापना देखी हाल सम्म सस्थाको बिकासमा अमुल्य योगदान पुर्याउनु भएकोमा सस्थापक अध्यक्ष शभुलाल श्रेष्ठ र उत्कृष्ट कार्यसम्पादन गरेकोमा व्यवस्थापक नारायण गिरिलाइ प्रमाणपत्र र दोसल्लाद्रारा सम्मान गरिएको छ ।

साधारणसभामा अध्यक्ष माधव कुमार श्रेष्ठले बार्षिक प्रतिवेदन, कोषाध्यक्ष जमुना आचार्यले आर्थिक प्रतिवेदन र लेखा संयोजक बिनोद खनालले प्रस्तुत गर्नु भएको प्रतिबेदन सर्वसम्मत रुपमा पास गरिएको छ । संस्थाका अध्यक्ष माधब कुमार श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रमको संचालन सचिब यम बहादुर खत्री र स्वागत मन्तव्य उपाध्यक्ष ईन्द्र ढकालले व्यक्त गर्नु भएको थियो ।

अधिवेशन बाट नयाँ समिति चयन गर्नका लागि आईतबार सम्मका लागि समय दिईएको छ । सर्वसहमतीका लागि आईतबार सम्म प्रयास गर्न सकिने र सहमती हुन नसके उम्मेदारी दर्ताका लागि आईतबार ११ बजे देखी ४ बजे सम्मको समय दिईएको निर्वाचन अधिकृत बद्री प्रसाद सुवेदीले बताउनुभएको छ ।