नेपाल नियमित रक्तदाता संघद्धारा ११५ प्वाईन्ट रगत संकलन

प्रकाशित मिति:

बुटवल १५ फागुन- नेपालनियमित रक्तदाता संघ रुपन्देहीले १ सय १५ प्वाइन्ट रगत सकलङ गरि रक्तसञ्चार केन्द्र बुटवललाई प्रदान गरेकोे छ। संघले हरेक महिनाको तेस्रो शनिवार आयोजन गर्ने नियमित रक्तदान कार्यक्रम अन्तर्गत फागुन महिनामाको शनिवारको कार्यक्रमवाट उक्त रगत संकलन गरेको हो ।

लुम्बिनी प्रदेशका सभामुखपुर्ण बहादुर घर्तीले नियमित रक्तदाता संघलाई आवश्यक रहेको सामाग्री सहयोग गर्ने धारणा राखनु भयो । सामाजिक कामगर्ने संस्थालाई आर्थिक अभाव रहेको छ । संस्थाको कार्यालय एउटा झोलामा सिमित रहेको छ । कार्यालय स्थापना गर्न आर्थिक अभाव रहेको सस्थाकाअध्यक्ष दयाबहादुर सिलवाल बताउनु भयो । कार्यक्रममा संघका प्रमुख सल्लाहकार विमलबहादुर शाक्य,सल्लाहकार सुरेन्द्र कुमार शाक्यलगायतले समाजमा संघले अनुकरणीय कार्य गर्दै आइरहेकाले सबैको सहयोग जरुरी रहेको औल्याउनु भयो । रक्तदानकार्यक्रम संयोजकमन्जु गिरीको स्वागत र सचिव महेश खनालको संचालनमाकार्यक्रम सम्पन्नभएको हो ।