सुरक्षित आप्रवासन सम्बन्धी एक दिने तालिम गल्याङमा सम्पन्न

प्रकाशित मिति:

गल्याङ । सुरक्षित आप्रवासन सम्बन्धी एक दिने तालिम गल्याङमा सम्पन्न भएको छ । सुरक्षीत आप्रवासन परियोजना सामीको आयोजनामा गल्याङ नगरपालिकाका पदाधीकारीहरुका लागि सुरक्षित आप्रवासन सम्बन्धि तालिम भएको हो ।
गल्याङ नगरपालिकाको सभाहलमा शनिबार भएको कार्यक्रममा बैदेशिक रोजगारीबाट सिर्जना हुने मनोबैज्ञानिक समस्याहरुको बारेमा सामी परियोजनाका एकनारायण सापकोटाले जानकारी गराउनुभएको थियो ।तालिम सँगै गल्याङ नगरपालिकाको वडा नम्बर दुई र सात मा बैदेशिक रोजगारीबाट फर्किएकाहरुसँग समन्वय गरी कार्यक्रम चलाउने निर्णय भएको छ ।

सुरक्षित बैदेशिक रोजगारी सम्बन्धी भएको छलफलमा रोजगारीसँगै भित्रने अन्य समस्याहरुको बारेमा अन्तरक्रिया पनि भएको थियो ।कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले विदेशबाट पैसा मात्रै भित्रने नभई अन्य विकृति र विसंगित पनि हुने गरेकाले सुरक्षित बैदेशिक रोजगारीमा ध्यान दिनुपर्ने बताउनुभयो ।उहाँले आधा विकास भनेको व्यक्ति खुशी हुनु भएको भन्दै सन्तुष्टी र सकारात्मक धारणा बनाउने गरी तालिमको व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
विभिन्न तालिमका लागि आफुले योजना ल्याइरहेको भन्दै उहाँले सकारात्मक र खुशी बनाउनका लागि पनि आफुले अभियान सञ्चालन गर्न खोजेको बताउनुभयो । कार्यक्रममा गल्याङ नगरपालिकाका उपप्रमुख देविसरा थापा, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा नगरपालिकाका कर्मचारीहरुको सहभागीता रहेको थियो ।