बुद्धि सुबेदी द्वारा अध्यक्षको लागी उम्मेदवारी घोषणा

प्रकाशित मिति:

एनआरएनए अमेरिकाका वर्तमान उपाध्यक्ष बुद्धि सुबेदी द्वारा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको आसन्न निर्वाचन २०२१- २०२३ कार्यकालको लागि अध्यक्षको लागी उम्मेदवारी घोषणा गरेका छन् ।
हाल कोरोनाले अस्तव्यस्त भएको यस बिसम परिस्थितीका कारण अनलाई मार्फत सार्वजनिक गरिएको अनलाई भेलामा अमेरिकाका बिभन्न राज्यहरूका एनआरएनका अगुवाहरूको सहभागिता रहेको थियो ।

एनआरएनको अभियानको सदस्य हुँदै सहभागी भएका बुद्धि सुबेदी विस्कन्सन राज्य च्याप्टरको संस्थापक अध्यक्ष हुँदै एनआरएनए एनसिसि अमेरिकाको वर्तमान उपाध्यक्ष पदमा रहेर काम गरेका छन्गैह्र आवासीय नेपाली संघ अमेरिकाका सदस्यता अभियान समितिका संयोजक समेत रहेका बुद्धि सुबेदी अमेरिकामा रहेका हरेका नेपालीहरूको सुख दुःखलाई नजिकबाट चिनेका हुनाले पनि सामाजिक भावनाका कारण नै एनआरएनएको अभियानमा लागेका छन् ।

विदेशमा बस्ने नेपालीहरूको एक मात्र साझा संस्था एनआरएनए ले विदेशमा बस्ने नेपाली र नेपाल बिच जोडने एउटा पुलको रूपमा काम गर्दे आएको हुँदा नेपालमा आफ्ना अधिकार सँगै नेपाललाई के कसरी सहयोग गर्ने सकिन्छ भन्ने अभियानमा समेत आफू लागी पर्ने समेत सो उम्मेदवारी घोषणा सभामा बताएका छन् । बिद्यार्थीकाल देखी नै बिद्यार्थीहरुको हकहितको लागी लड्दै हिँडेका सुबेदी समय अनुसार प्राध्यपकहरुको विभिन्न तहमा बसी काम गर्दे समाज सेवालाई नजिकबाट चिन्ने मौका पाएका तथा विभिन्न सघंसस्धाहरुमा नेतृत्वकारी भूमिका मा बसिसकेका हुनाले पनि एनआरएनए अमेरिकाको लागी योग्य उम्मेदवारिको रूपमा पनि लिएको पाइन्छ ।