नेपाल–भारत मैत्री संघ मणिग्राम शाखाको पाँचौं मैत्री सभा तथा अधिवेशन

प्रकाशित मिति:

फाल्गुण १५, शनिबार । मणिग्राम, रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरमा नेपाल–भारत मैत्री संघ मणिग्राम शाखाको पाँचौं मैत्री सभा तथा अधिवेशन राममणि बहुमुखी क्याम्पस परिसरमा सम्पन्न भएको छ । अधिवेशनले पुनः मोहनराज शर्माको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

समितिका उपाध्यक्षमा डोलराज पाण्डे, सचिव माया घिमिरे, सह–सचिव गिरिराज भट्टराई, कोषाध्यक्ष खुमकान्त पाण्डे तथा सदस्यमाः नेत्रप्रसाद न्यौपाने, टानप्रसाद पाण्डे, नारायणप्रसाद भुसाल, भिमलाल घिमिरे, पूर्णनिधि पाण्डे र विन्दु आचार्य निर्वाचित हुनुभएको छ ।

त्यसअघि अधिवेशन उद्घाटन गर्दै राममणि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ताराप्रसाद पराजुलीले सामजिक विकाशमा मैत्री संघको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । सोही अवसरमा अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै संघका अध्यक्ष मोहनराज शर्मा सामाजिक विकासमा भएका योगदानको सूची प्रस्तुत गर्नुभयो ।कार्यक्रममा संघका सल्लाहकार डा. खगराज शर्मा, रूक्मागत पाण्डे लगायतले बोल्नुभएको थियो ।  नवनिर्वाचित समितिको बैठकले संघको केन्द्रीय मैत्री सभा (केन्द्रीय अधिवेशन) का लागि मोहनराज शर्मा, गिरिराज भट्टराई र खुमकान्त पाण्डेलाई प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ ।