मान्छेलाई जब आपत्ति पर्छ , त्यतिबेला मान्छेले पहिलोपटक भगवान , दोस्रो बुबा आमा र तेस्रो प्रहरीलाई नै सम्झिन्छन् ; शैलेश थापा क्षेत्री

प्रकाशित मिति:

पुनहरि बेल्बासे – भैरहवा, फागुन १६ । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा सडकमा प्रहरी तैनाथि कम हुनेगरी समुदायले काम गर्नुपर्ने नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले बताउनुभएको छ । जिल्ला ट्राफीक प्रहरी कार्यलय रुपन्देहीको नवनिर्मित भवनको उद्घाटन गर्दै महानिरिक्षक क्षेत्रीले भन्नुभयो, ‘शान्तिका अग्रदूत बुद्ध जन्मस्थल क्षेत्रमा सडकमा प्रहरी धेरै देखिनु राम्रो होइन । यसैले बर्दिबिनाका नागरिकहरु नै सक्रिय हुनुपर्छ । ”महानिरिक्षक क्षेत्रीले प्रहरीको उपस्थिती नेपथ्यमा होस र समुदाय अग्रभागमा होस् भन्ने नेपाल प्रहरीको नीति भएको समेत बताउनुभयो ।

उहांले समाजमा जब मान्छे आपत्तिमा पर्छ त्यतिबेला सबैभन्दा सहयोगी साथि नेपाल प्रहरी नै हुने गरेको उदाहरण पेश गर्दै भन्नुभयो, ‘मान्छेलाई जब आपत्ति पर्छ , त्यतिबेला मान्छेले पहिलोपटक भगवान , दोस्रो बुबा आमा र तेस्रो प्रहरीलाई नै सम्झिन्छन् । त्यतिबेला सबैभन्दा सहयोगी प्रहरी नै हुन पुग्छ । महानिरीक्षक क्षेत्रीले उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिदैं पेशालाई प्यासन बनाएर काम गर्न आग्रह गर्नुभयो । उहांले भन्नुभयो, ‘प्रहरी कर्मचारी बिनमू्र हुनुपर्छ, बिन्रमता हुदैंमा कमजोर भईदैन। ” क्षेत्रीले एउटा ट्राफिकले २६ किलोमिटर र १६ सय सवारी साधन हेर्नुपर्छ । प्रतिदिन ७ जनाको मृत्यु र ५८ जना घाईते भईरहेका छन् । ”

महानिरीक्षक क्षेत्रीले समुदायको लगानिमा निर्माण भएको भवनबाट आधुनिक र नयां ढंगले प्रहरी सेवा प्रवाह हुने पनि बताउनुभयो । उहांले सहयोग गरेकै नाममा कानून विपरितको काममा प्रहरीले छुट दिन भने नसक्ने बताउनुभयो । उहांले भन्नुभयो, ‘यहांहरुले गर्ने सहयोग यहाहरुले गर्ने गलत कामको छुट्कारा पाउने भरपाई नबनोस् । सो अवसरमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र धानुकले समुदाय स्तरबाट भएको सहयोग उल्लेखनीय भएको बताउनुभयो । सिद्धार्थननगर प्रमुख हरि प्रसाद अधिकारीले शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनमा स्थनिय सरकारले सक्दो साझेदारी गर्ने बताउनुभयो ।

भवन निर्माण समितीका संयोजक समेत रहेका उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले ट्राफिक प्रहरीको भवन निर्माणका क्रममा उद्योगि ,ब्यवसायी तथा सामाजिक संघसंस्था तथा व्यक्तिले गरेको सहयोगले आफुलाई उत्साहित बनाएको बताउनुभयो ।भवनको उद्घाटन कार्यक्रममा पश्चिमान्चल यातयातका अध्यक्ष दधि खरेल,सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष कुल प्रसाद न्यौपाने, उद्योग व्यपार संगठनका अध्यक्ष नारयण प्रसाद भन्डारी,विजय पान्डे लगायतले बोल्दैं भौतिक पूर्वाधारमा समुदायको सहयोगले प्रहरी सेवा अझै प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा भवन निर्माणको क्रममा सहयोग गर्ने दानवीरहरुलाई सम्मान समेत गरिएको थियो ।सिद्धार्थ नगरपालिकाले उपलब्ध गराएको जग्गामा समुदायको डेढ करोड लगानीमा जिल्ला ट्राफिक प्रहरी कार्यलय निर्माण भएको हो । उक्त भवन निर्माणकोलागि तीन बर्ष अगाडी ट्राफिक प्रहरी प्रमुखको रुपमा रहेका प्रहरी निरीक्षक बेद पौडेल, पत्रकार माधब ढुंगाना, स्थानिय बासिन्दा सुुर्वणा कुवर र वडाध्यक्ष शेषकान्त भन्डारीको विशेष सक्रियतामा नगरपालिकाले जग्गा उपलब्ध गराएको थियो । नगरपालिकाको जग्गा प्राप्तीपछि स्थानियहरुले उक्त ठाउमा भवन निर्माण गरेका हुन्।