सबैसंग सहकार्य गरेर अगाडि बढ्छौं : नवनिर्वाचित अध्यक्ष कसजु

प्रकाशित मिति:

बुटवल, १६ फागुन । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका नवनिर्वाचित अध्यक्ष उज्ज्वलप्रसाद कसजुले सबैसंग सहकार्य गरेर नव निर्वाचित नेतृत्व अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।बुटवलको लक्ष्मीनगरमा रहेको एकता वचत तथा ऋण सहकारी संस्थाले आईतबार गरेको सम्मान कार्यक्रममा बोल्दै उहाँले उद्योगी व्यबसायको हकहितमा उत्कृष्ट काम गर्ने समेत बताउनु भयो । बुटवल उद्योग बाणिज्य संघले सदस्यता बृद्धि भन्दा पनि गुणस्तरीय सदस्यतालाई जोड दिएको बताउँदै उहाँले मुलुकको औद्योगिक तथा उद्यमशिलता बिकासमा समेत सहकारी संस्थाहरुको महत्वपूर्ण भूमिका रहने स्मरण गराउनु भयो ।

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा नवनिर्वाचित कार्यसमितिलाई स्वागत सहित सम्मान गर्दै उक्त सहकारीका अध्यक्ष सुक्रप्रसाद बस्यालले उद्योगी व्यबसायीहरुको हकहितमा उल्लेखनीय काम हुने आशा र विश्वास व्यक्त गर्नुभयो । उक्त सहकारीमा बुटवल उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सहित शेयर सदस्य रहेको जानकारी गराउँदै उहाँले त्यसले सहकारीको समेत गरिमा बढेको बताउनु भयो । कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष कसजु सहित पदाधिकारी र कार्यसमितिका सदस्यहरुको सहभागिता रहेको थियो । त्यस अवसरमा सहकारी संस्थाका सल्लाहकार नवराज श्रेष्ठ, उपाध्यक्ष लिलाधर लुईटेल, सचिव विष्णु पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

पुस्तकालयलाई कम्प्युटर प्रदान-बुटवलको नवजाग्रिती पुस्तकालयलाई बुटवल उद्योग बाणिज्य संघका नवनिर्वाचित एशोसियट सदस्य आनन्द वझाले एक थान कम्प्युटर प्रदान गर्नुभएको छ । पुस्तकालयबाट संघमा सहयोगको आग्रह भए भए अनुसार संघको नवनिर्वाचित कार्यसमितिको सम्मानमा विश्व हिन्दु महासंघले आयोजना गरेको कार्यक्रममा वझाले कम्प्युटर प्रदान गर्ने घोषणा गर्नुभएको हो । त्यसै अवसरमा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल सहित ८ जनाले विश्वहिन्दु महासंघको आजिवन सदस्यता समेत लिनुभएको छ ।