नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाको भवन शिलन्यास

प्रकाशित मिति:

१६ फागुन,कञ्चन- नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाको कार्यलय भवनको निर्माण कार्य शुभारम्भ भएको छ। रुपन्देही क्षेत्र नं। ५ का प्रतिनीधि सभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाह र कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले सुनगाभा हर्नाचौर शान्तीपार्कमा संयुक्त रुपमा शनिवार भवन निर्माण कार्यको शिलन्यास गरेका हुन ।

रेडक्रस भवनको शिलन्यास गर्दै रुपन्देही क्षेत्र नं। ५का प्रतिनीधि सभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले जनताको सेवा भन्दा ठूलो आफ्नो पार्टी नहुने ब्यक्त गरेका छन। आफु कुनै एक दलको टिकटबाट चुनाव जितेको भए पनि सबै जनताको जनप्रतिनीधि भएको र सडक र सदनमा तीनै जनताहरुको पिरमर्का र मुद्धाहरुमा आवाज उठाउनु मेरो नैतिक धर्म अनुसार बिना भेदभाव जनप्रतिनिधित्व गर्दै आएको सांसद शाहले बताए । आफुले अनेक शव्द जाल र प्रलोभनको भाषा नआउने तर हुने कुरालाई पुरा गर्ने र नहुने कुरालाई हुदैन भन्ने तर थमथमाउने गलत बानी नभएको बताउदै सांसद शाहले नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशखाको भवन निर्माण पुरा गर्न र एम्बुलेन्स खरिदका लागि आवस्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कञ्चन गाउपालिकाको बिकासमा कञ्चनका बिभिन्न संघसस्थाहरुले पुराएको योगदानलाई सम्मान गर्दै नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाले आफ्नो कार्यलय भवन निर्माणका लागि गाउपालिकाबाट बजेट व्यबस्थापन गरेको बताए । नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाले कञ्चनको बिभिन्न समयहरुमा गाउपालिकासंग सहकार्य गरी मानव सेवालाई निरन्तरता दिएकोमा धन्यवाद व्यक्त गर्दै अध्यक्ष क्षेत्रीले रेडक्रस भवन निर्माणका लागि आगामी बर्ष थप बजेटको व्यबस्थापन गर्ने र कञ्चनलाई लुम्बिनीको प्रयर्टनसंग जोडेर कञ्चनको रमणिय स्थलहरु दानापुरताल,सामुदायिक बन,बिभिन्न पार्कहरु र धार्मिक स्थलहरुलाई पर्यटकिय स्थलको रुपमा बिकास गर्दै जाने बताए ।

निर्माणधिन रेडक्रस भवन निर्माणका लागि पन्देही क्षेत्र नं। ५का प्रतिनीधि सभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहको संसदिय बिकास कोषबाट १० लाख रुपैया र गाउपालिकाबाट ५ लाख रुपैया गरी १५ लाख रुपैयामा निर्माण कार्य शुभारम्भ भएको हो ।नेपाल रेडक्रस सोसाइटी कञ्चन उपशाखाका सचिव तुल बहादुर थापाले रेडक्रस भवन निर्माण्को कार्ययोजना र उपशाखाको उद्धेश्यपत्र प्रस्तुत गरिएको कार्यक्रममा कञ्चन गाउपालिका वडा नं। ३ का वडा अध्यक्ष नगेन्द्र बहादुर लामिछाने र रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष नाम बहादुर केसीले समेत शुभकामना व्यक्त गरेका थिए । उपशाखाका सभापति लिला कुमारी पौडेलको अध्यक्षता,उपसभापति गंगालाल पौडेलको स्वागतमा भएको कार्यक्रम सह सचिव हिमा बेववासेले संचालन गरेका थिए ।