नयाँ नेतृत्वका लागि होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको सोमबार निर्वाचन हुँदै

प्रकाशित मिति:

बुटवल, १६ फागुन ।  । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आगामी नेतृत्वका लागि नेकपाको ओली समूहविरुद्ध नेकपाकै प्रचण्ड–नेपाल समूहसहित अन्य दलहरु समर्थक व्यवसायीहरुको संयुक्त प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । संघको यही फागुन १६ र १७ गते १० औं अधिवेशन हुंदैछ । नेकपाको प्रचण्ड–नेपाल समूहले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी,राष्ट्रिय जनमोर्चा लगाएतका राजनीतिक दलहरुसँग मिलेर संघका वरिष्ठ उपाध्यक्ष जीवनप्रसाद श्रेष्ठको नेतृत्वमा उम्मेदवारी सार्वजनिक गरेको हो ।

अध्यक्ष श्रेष्ठको संयुक्त प्यानलबाट वरिष्ठ उपाध्यमा लाबहादुर केसी, प्रथम उपाध्यक्षमा लेखनाथ भण्डारी, द्वितीय उपाध्यक्षमा चिरन्जीवी पोख्रेल तथा महासचिवमा प्रेम बञ्जाडेले उम्मेदवारी घोषणा गरेका छन् । यसैगरी सचिवमा अर्जुन थापा, कोषाध्यक्ष चुत्रबहादुर पौडेल र सहकोषाध्यक्षमा खेमराज पोख्रेलले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै कार्यकारिणी सदस्यहरुमा प्रदीप जीसी,केशव कंडेल,दिनेश भुसाल,रिना काफ्ले,यम गलामी,कृष्ण पाण्डे,दीपक योगी,लक्ष्मण बस्याल,सुन्दर श्रेष्ठ,होमबहादुर केसी र प्रेम भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् । यो प्यानललाई संघका पूर्व अध्यक्ष तथा होटल तथा रेष्टुरेन्ट व्यवसायी महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ,संघका पुर्व अध्यक्ष मोदनाथ बेल्बासे,पुर्व अध्यक्ष प्रेमलाल पाण्डे,पुर्व उपाध्यक्ष देवीकुमार ।ेष्ठ लगायतले समर्थन गरेका छन् । उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा पुर्व अध्यक्ष तथा पदाधिकारीहरुले श्रेष्ठ नेतृत्वको प्यानल राजनीतिक हिसाबले सबै दलको साझा र क्षेत्रगत हिसाबले पनि जिल्लाभरका व्यवसायीको साझा प्यानल भएकाले जित सुनिश्चित हुने बताए ।

त्यस्तै होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको नयाँ नेतृत्वका लागि  सोमबार निर्वाचन हुँदैछ । १९ सदस्यीय नेतृत्व चयनका लागि संघमा आवद्ध ८ सय व्यवसायीले मतदान गर्दैछन् । नयाँ नेतृत्वका लागि अर्को समुहमा अध्यक्षमा रामप्रसाद गौतम, वरिष्ठ उपाध्यक्षमा बाबुराम गौतम, प्रथम उपाध्यक्षमा मोहनलाल पाण्डे, द्वितीय उपाध्यक्षमा रोमाकान्त पाण्डे, महासचिवमा माधव खनाल, सचिवमा अर्जुन थापा, कोषाध्यक्षमा टंकप्रसाद पराजुली र सहकोषाध्यक्ष देवराज ढकालले उम्मेदवारी दिएका हुन् । त्यस्तैगरी सदस्यहरुमा राजन ज्ञवाली, तुलसीराम पराजुली, डिल्लीराज अर्याल दीपक, टंकप्रसाद पोखरेल, मोहन बस्याल, राम बहादुर न्यौपाने, माधव ढकाल, पिताम्बर राना, थम्मनबहादुर भण्डारी र अर्जुन पोखरेल रहेका छन् ।