पश्चिम नवलपरासी प्रहरीद्रारा अवैध मालसामान बरामद 

प्रकाशित मिति:
प्रकाश न्यौपाने 
फागुन १६ गते
नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट  आइतबार भारतबाट अबैध रुपमा भित्राएका मालसामान पश्चिम नवलपरासी प्रहरीले बरामद गरेको छ । प्रहरीले अन्दाजी १ लाख ७६ हजार ९ सय ७६ मुल्य बराबरको बाख्रा र अन्य मालसामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक राजु लामाले जानकारी दिनु भएको छ ।
प्रहरीले आइतबार दिउँसोको समयमा भारतबाट नेपाल तर्फ अवैध रुपमा ल्याउँदै गरेको ६ वटा बाख्रा पाल्हिनन्दन गाउँपालिका १ झरहीखोलाबाट बरामद गरेको छ ।  बरामद भएका बाख्रा प्रति बाख्रा ९ हजारका दरले ५४ हजार बराबर रहेको र आवश्यक कारबाहिका लागि महेषपुर भन्सार कार्यालय पठाईएको सुचना अधिकारी लामाले जानकारी दिनु भयो ।
आइतबार दिउँसो  नै भारतबाट भन्सार छली गरेर अबैधरुपमा ल्याईएको अन्दाजी ५८ हजार ९ सय ७६ मुल्य बराबरको पिकअप गाडिको २ वटा गियर बक्स र १ सय २ केजी हरापत्ता सरफ ईलाका प्रहरी कार्यालय अमानीगञ्जबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन २ भक्सीपुरबाट बरामद गरेको छ । बरामदसामाग्री आजनै भन्सार कार्यालय महेषपुर पठाईएको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय बर्दघाट बाट खटिएको प्रहरी टोलीले बर्दघाट ४ स्थित टिसियन चोक बाट ६४ हजार मुल्य बराबरको कपडा बरामद गरेको छ । बरामद गरिएका कपडा २ वटा बोरामा ६४ थान कुर्तासुरुवाल रहेका छन् । मोटरसाईकलमा राखि ल्याउँदै गरेको अवस्थामा प्रहरीलाई देखी बोरा फालेर भागेको बताईएको छ । बरामद कपडा आवश्यक कारबाहीका लागि महेषपुर भन्सार कार्यालयमा पठाईएको सुचना अधिकारी लामाले जानकारी दिनु भयो ।