जनआस्था पृथ्वी क्लवले रवि-किरण स्मृति कप भलिवल प्रतियोगिता गर्दै

प्रकाशित मिति:

१६ फागुन,कञ्चन- महा शिवरात्री मेला २०७७ को अवसरमा जनआस्था पृथ्वी क्लव,कञ्चन ४ रुपन्देहीको आयोजनामा चौथो रवि-किरण स्मृति कप भलिवल खेल प्रतियोगिता तथा विबिध सांस्कृतिक कार्यक्रम हुने भएको छ । बिगतका बर्षहरुमा जस्तै यस बर्षको महा शिवरात्री मेलाको अवसरमा जनआस्थाले आफ्ना पुर्व सदस्य तथा खेलाडीहरु रबि गुरुंग र किरण श्रेष्ठको स्मृतिमा भलिवल स्मृति कप संचालन गर्दै आइरहेको छ।

सामाजिक क्षेत्रमा बिभिन्न मानव सेवा तथा खेलकुद प्रतियोगिताहरु संचालन गर्दै आएको जनआस्थाले महा शिवरात्रीको अवसरमा बिशेष सांगेतिक कार्यक्रम सहित रबि बिरण स्मृति कप भलिवल प्रतियोगिता संचालन गर्दै आएको हो । खेलकुदको माध्यमबाट युवाहरुलाई सामाजिक उत्तरदायित्व बहन गराउदै समृद्ध कञ्चन निर्माणको लागि एकता बद्ध बनाउन प्रतियोगितासंचालन गर्दै आएको क्लवका अध्यक्ष उदय आले मगरले बताएका छन ।

रवि- किरण स्मृति कप भलिवल प्रतियोगितामा बिजेताले ५५ हजार ५ सय ५५ रुपैया,कप र मेडल प्राप्त गर्नेछन भने उपबिजेता टिमले ३५ हजार ५ सय ५५ रुपैया,कप र मेडल पाउने क्लवका सचिव हिमाल थापाले जानकारी दिएका छन। यस्तै प्रतियोगितामा तृतिय स्थान हासिल गर्ने टिमले नगद २० हजार रुपैया र चौथो हुने टिमले नगद १० हजार रुपैया,मेडल र प्रमाण पत्र पाउने सचिव थापाले जानकारी दिए । यसैगरी प्रतियोगिता अवधीभर उत्कृष्ट खेल पर्दशन गर्ने खेलाडीलाई सर्बोकृष्ट खेलाडी अवार्ड सहित नगद २ हजार ५ सय रुपैया पुरस्कार प्राप्त गर्ने छन भने सर्बोकृष्ट स्पाइकर,सर्बर,सेटर र डिफेण्डरले जनही १ हजार रुपैया प्राप्त गर्ने आयोजकले जनाएको छ।

फागुन २४ गते देखि शुरु हुने प्रतियोगिता गाउपालिका तथा नगर पालिका स्तरिय खेल हुने आयोजकले जनाएको छ। कञ्चन गाउपालिका वडा नं। ४ स्थित शिवलाय मन्दिरमा हुने महा शिवरात्री मेलाका दिन भने बिविध सांस्कृतिक कार्यक्र सहित स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बिशेष प्रस्तुति हुने र उक्त कार्यक्रम सफल बनाउन बैदेशिक रोजगारका शिलशिलामा बिदेश गएका क्लवका सदस्य,शुभ चिन्तक तथा स्थानियहरुद्वारा आर्थिक सहयोग उपलब्ध भइरहेको आयोजकले