शेरवहादुर र रामचन्द्र संगको सम्बन्ध ४७ वर्ष पुरानो हो : प्रधानमन्त्री ओली

प्रकाशित मिति:

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले साथ दिने संकेत गरेका छन् । हिमालय टेलिभिजनको एक संवादमा बोल्दै उनले कांग्रेससँग नरम बन्दै सम्बन्ध ४७ वर्ष पुरानो भएको बताएका छन् ।

‘हाम्रो उहिले देखिको स्थायी सम्झौता छ , ४७ वर्ष देखि लोकतन्त्रका लागि लड्ने, आ–आफ्ना ठाउँबाट निष्ठाका साथ लड्ने भन्ने देखि उहिले देखिको सहमति हो, यसलाई जे भन्नुस्, अहिले पनि त्यो जारी छ ’ उनले भने, ‘अलोकतान्त्रिक शक्तिहरुको सेरोफेरमा, अलोकतान्त्रिक शक्तिहरुलाई दिनु वाञ्छनीय हुँदैन , लोकतन्त्रको सेरोफेरोमा लोकतन्त्र नै विजयी हुनुपर्छ । देशले जित्नुपर्छ ।’