पन्चनगर खानेपानीमा काङ्ग्रेस र नेकपाको नेतृत्वमा छुट्टाछुट्टै प्यानल चुनाबी मैदानमा

प्रकाशित मिति:

प्रकाश न्यौपाने , फागुन १७- नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १० मा रहेको पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा नेतृत्वको लागी चुनावी रौनक तीब्र देखिएको छ । सस्थाको पाचौं अधिवेशनका लागी आइतबार बिहान ११ बजे सम्म सहमतीको नेतृत्व चयन हुन नसकेपछि नेतृत्व छनोटका लागि आगामी शुक्रवार निर्वाचन हुने भएको हो । संस्थाको आसन्न नेतृत्वका लागी काङ्ग्रेस र नेकपाले नेतृत्व्को संयुक्त प्यानल विच कडा प्रतिस्पर्धा हुने देखीएको छ ।

नेपाली कांग्रेसको नेतृत्वमा रहेको संयुक्त प्यानलबाट अध्यक्ष पदका लागि यम बहादुर खत्री (मिठु), उपाध्यक्ष पदमा जमुना आचार्य, सचिव पदमा सरद पौड्याल र कोषाध्यक्ष पदमा सिर्जना थापाको उम्मेदारी परेको छ ।सदस्यहरुमा खुल्ला सदस्यमा ऋषिराम काफ्ले र नारायण उपाद्याय, महिला सदस्यमा चन्द्र कुमारी थापा (मनिसा) र विष्णु मायाँ सुवेदी, दलित सदस्यमा हरि बहादुर दमाई र आदिवासी जनजाती सदस्यमा यमकला पुन (तारा) को उम्मेदारी परेको छ । लेखा समिति तर्फ संयोजक पदका लागि कर्ण बहादुर खत्री, महिला सदस्यमा मिना सुवेदी र खुल्ला सदस्यमा प्रेम बहादुर रानाको उम्मेदारी परेको छ । नेकपाको नेतृत्वमा रहेको प्यानलबाट अध्यक्ष पदका लागि गोविन्द प्रसाद पौडेल, उपाध्यक्ष पदका लागि रामनारायण चौधरी थारु, सचिव पदका लागि हेमलाल न्यौपाने र कोषाध्यक्ष पदका लागि लक्ष्मी रेग्मीको उम्मेदारी परेको छ । सदस्यहरुमा खुल्ला सदस्यमा सन्तोष लामिछाने र छविलाल तिमिल्सिना, महिला सदस्यमा भिमादेवी काफ्ले (रमा) र कमला सुवेदी, दलित सदस्यमा देवी विक र आदिवासी जनजाती सदस्यमा खड्ग बहादुर सोमैको उम्मेदारी परेको छ । लेखा समिति तर्फ संयोजक पदका लागि शिवदेव न्यौपाने, सदस्य (महिला) मा धनीसरा भुसाल र सदस्य (खुल्ला) मा विश्वराज घिमिरेको उम्मेदारी परेको छ । लेखा समिति संयोजकमा लेखनाथ आचार्यको स्वतन्त्र उम्मेदारी परेको र कार्यसमितिको खुल्ला सदस्यमा शुसिल लामिछानेको स्वतन्त्र उम्मेदारी परेको परेको निर्बाचन अधिकृत बद्रि प्रसाद सुवेदीले जानकारी दिएका छन् । अव विहिबार सम्म प्रचार प्रसारको लागि समय तोकिएको छ भने २१ गते शुक्रबार संसारकोट सामुदायिक बनको प्राङ्गणमा मतदान हुने सुवेदीले जानकारी दिनु भयो ।