मोदीले लगाए कोरोनाविरुद्धको खोप

प्रकाशित मिति:

काठमाडौं, फागुन १७ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। सोमबार बिहान प्रधानमन्त्री मोदीले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको जनाएका हुन् ।

उनले ट्वीट गर्दै कोरोनाविरुद्धको विश्वव्यापी लडाईमा डाक्टर तथा वैज्ञानिकहरुले तीव्र गतिमा गरेको कामको प्रशंसा गर्दै खोप लगाउन सबैमा अपिल पनि गरेका छन्।