बर्दघाट नगरपालिका को आयोजनामा समुह समिति तथा महिला सहकारीमा आवद्ध महिलाहरुलाई ५ दिने आधारभुत तालिम

प्रकाशित मिति:

रामु भुसाल,- बर्दघाट नगरपालिका पश्चिम नवलपरासीको आयोजनामा समुह समिति तथा महिला सहकारीमा आवद्ध महिलाहरुलाई ५ दिने आधारभुत तालिम सोमबार देखी नगरपालिकाको सभाहलमा सुरु भएको छ । बर्दघाट नगरपालिका की उपप्रमुख एवं न्यायिक समिति संयोजक मायादेवी पौडेलको अध्यक्षतामा तालिम उद्घाटन गर्दै पौडेलले महिलाहरुलाई सक्षम र नेतृत्व दायी भुमिकामा अग्रसर गराउने उदेश्यले नगरले तालिम आयोजना गरेको बताउदै सहभागीहरुलाई तालिममा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नु भयो ।

नगर भित्रका महिला लतथा महिला समुह मा आवद्ध ३० जना महिलाहरुको सहभागिता रहेकोे पहिलो दिनको तालिममा नगरपालिकाका प्रशासकिय अधिकृत मेघनाथ पाध्याय ले सहभागिहरुलाई नेतृत्व शैलि र नेतृत्वमा हुनु पर्ने गुण ,स्थानिय सरकार को काम कर्तव्य र दिने सेवा सुविधाका बारेमा सहजिकरण गर्नु भएको थियो भने नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख अप्सरा सुवेदीले समुह गठन बैठक बस्दा अपनाउनु पर्ने प्रक्रिया माईनेट लेखन लगायत का बिषयमा सहजिकरण गर्नु भएको थियो । बर्दघाट नगरपालिकाको आ।व २०७७।७८ को बार्षिक योजना अनुसार महिला लक्षित कार्यक्रम अन्तर्गत तेस्रो समुहलाई तालिम प्रदान गर्न लागिएको आयोजकले जनाएको छ ।