चीनले नेपाललाई आठ लाख डोज खोप दिने

प्रकाशित मिति:

काठमाडौं, फागुन १७ : चीनले नेपाललाई कोरोना भाइरसविरुद्धको आठ लाख डोज खोप दिने भएको छ। नेपालका लागि चिनीयाँ राजदूत होउ यान्छीले नेपाललाई दिने खोप बढाएको जनाएकी छिन्। उनले सोमबार राति ट्वीट गर्दै चिनीयाँ सरकारले आठ लाख डोज खोप दिने निर्णय गरेको बताएकी हुन्।

यस अघि चीनले नेपाललाई पाँच लाख डोज खोप दिने घोषणा गरेको थियो। त्यसलाई पढाएर आठ लाख पुर्‍याएको हो। चीनले आफैले खोप उत्पादन गरेको हो। चीनमा अहिले खोप अभियान स‌ंचालन भइरहेको छ।