भारतीय रेलले ढिलोमा रेकर्ड वनायो ,साँढे तीन वर्षपछि पुग्यो सामान

२ मंसिर २०७५, आईतवार ०   बिचार / प्रतिक्रिया
22 Shares


काठमाडौं । भारतमा रेल ढिलो हुनु सामान्य समस्या हो । धेरैजसो स्थानमा तोकिएको समयमा रेल गन्तव्यमा नपुग्ने गरेको गुनासो आउने गरेको छ । यस्तोमा अधिकारीहरुको काम सकेसम्म समयमा नै रेललाई गन्तव्यमा पुर्‍याउने हुन्छ । यति हुँदाहुँदै पनि ३०–४० घण्टा रेल ढिला हुने कीर्तिमान भने यसअघि नै बसेको थियो । जतिबेला यो कीर्तिमान सहजै नतोडिने अनुमान गरिएको थियो ।
यद्यपि यसपटक भने ढिला हुने विषयमा यसअघि राखेको सबै कीर्तिमान तोडिएको छ । अब यो कीर्तिमान तोडिने सम्भावना भने निकै कम छ । एउटा भारतीय रेल साढे ३ वर्षपछि मात्र आफ्नो आफ्नो गन्तव्यमा पुगेको छ । अर्थात् यो रेल ३० हजार २ सय ४० घण्टामा आफ्नो गन्तव्यमा पुगेको हो । भारतको आन्ध्र प्रदेशको विशाखापटनमबाट उत्तर प्रदेशको बस्ती जिल्लाको लागि सन् २०१४ मा एक अर्डर दिइएको थियो । यद्यपि रेल २०१८ मा मात्र उक्त ठाउँमा सामान लिएर पुगेको हो । उक्त सामानको मूल्य १० लाख भारतीय रुपैयाँबराबरको थियो । २०१४ को नोभेम्बरमा पुर्‍याउनुपर्ने सो सामान नपुगेपछि व्यापारीले फोन गरेर जानकारी मागेका थिए तर रेलवेको दुरावस्था र व्यवस्थापकीय कमजोरीको कारण सो रेल विभिन्न स्टेसनहरुमा घुम्दाघुम्दा २०१८ मा गन्तव्यमा पुगेको हो ।
सामान गन्तव्यमा पुगेपछि व्यापारीलाई फोन गरेर सामग्री आइपुगेको जानकारी गराउँदा उनी छक्क परेका थिए । उनले आफ्नो अर्डर बिर्सिसकेका थिए र उनलाई सो सामान आउँछ भन्नेमा पनि विश्वास थिएन । यद्यपि उनले अर्डर गरेको सामान खोलेर हेर्दा सबै सामग्रीहरु बिग्रिसकेको थियो । व्यापारीले उक्त सामन लिन अस्वीकार गर्दै क्षतिपूर्तिको माग गरेका छन् । यस विषयमा रेलवेले भने आफ्नो बचाउ गर्दै रेलवेको जाँचको कारण सामान समयमा पुग्न नसकेको बताएको छ । यस किसिमको जाँच कुनै डिब्बा लिक भएको अवस्थामा मात्र गरिन्छ र यदि खराबी पाइएमा उक्त डिब्बा हटाइने गरिन्छ । यद्यपि यो रेलको विषयमा साँढे तीन वर्षसम्म किन कुनै खोज गरिएन भन्ने विषयमा कम्पनीमाथि प्रश्न उठेको छ ।
हाम्राकुरा वाट

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुटवलको तिनाउ हस्पिटलमा पाईप घुसाएर पत्थरी फोर्ने ‘रेट्रोग्रेट ईन्ट्रासेल सर्जरी’
  • लुुम्बिनी स्वतन्त्र सिलाई ब्यवसायीको संगठन विस्तार
  • ‘इनफ इज इअफ’अभियानमा सांसद शाहसहित १४ जनाले जनाए ऐक्यबद्धता
  • नेविसङ्घको सङ्गठन विस्तार खोजेका देउवालाई प्रतिप्रश्न: ‘अपूरो र बबुरो’ किन…
  • मास्क नलगाई घरबाहिर निस्किनेलाई कारवाही गरीने ।
  • कैलालीमा ओली र प्रचण्ड पक्षका कार्यकर्ताबीच झडप
  • मनकारी झविन्द्र :आफ्नो जन्मदिनमा अवसरमा विपन्न परिवारलाई सहयोग
  • आजबाट ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा
  • भैरहवा भन्सार कार्यालय रुपन्देहीमा लक्ष्य अनुसारको राजस्व संकलन हुन सकेन
  • आजको राशिफल हेर्नुहोस