बीबीसी मास्टर सेफ उपविजेता साहलाई बोर्डको सम्मान

प्रकाशित मिति:

काठमाडौं, फागुन १८ :  नेपाली खानालाई विश्वभर प्रवद्र्धन गरी देशको गौरव बढाएको भन्दै नेपाल पर्यटन बोर्डले ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् युके’ का उपविजेता नेपाली सेफ सन्तोष साहलाई सम्मान गरेको छ । साहलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं बोर्डका अध्यक्ष यादवप्रसाद कोइराला र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० डा। धनञ्जय रेग्मीले प्रमाणपत्र तथा खादा ओढाएर सम्मान गरेका थिए ।

नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको शान र गरिमालाई पनि उँचो बनाउन भूमिका खेलेका थिए। सम्मान ग्रहण गर्दै साहले नेपाली खानालाई विश्वभर प्रवर्द्धन गर्ने योजना रहेको बताए । नेपाललाई कृषि प्रधान मुलुक भनेझैं ‘टुरिजम’ प्रधान मुलुकको रुपमा स्थापित गराउन आफ्नो क्षेत्रबाट सक्दो भूमिका खेल्ने साहले बताए। साहले भने, ‘हामीले आफ्नै खानालाई हेलचक्राइँ ग¥यौं, खानाको महत्व बुझ्न र बुझाउन सके नेपालको समृद्धिमा योगदान पुग्नेछ ।