एभरेष्ट टाईम्स ११ वर्षमा प्रवेश ,६ जनलाई सम्मान

प्रकाशित मिति:

न्यूयोर्क सिटी काउन्सिलले अमेरिकाको न्युयोर्कबाट प्रकाशन गर्दै आएको नेपाली पत्रिका एभरेष्ट टाइम्स ११ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवको अवसरमा पत्रिकाले विभिन्न क्षेत्रका ६ जनलाई सम्मान गरेको छ। न्यूयोर्कको क्वीन्समा आयोजित कार्यक्रममा मेम्बर कोष्टा कोन्टनडिजले एभरेष्ट टाइम्सका प्रधान सम्पादक आङछिरिङ शेर्पा र नेपाल अमेरिका पत्रकार संघ नेजा का कोशाध्यक्ष मच्छेदेवि गुरुङसहित अन्य विभिन्न क्षेत्रका छ जनालाई सम्मान गरेका हुन।

काउन्सि म्यान कोष्टाले भने  अमेरिकामा नेपाली समुदायको सेवासँगै एक दशकदेखि एभरेष्ट टाइम्सले समुदायमा पुर्‍याएको सेवाप्रति हामी खुसी छौँ।’ काउन्सील मेम्बर कोष्टाले नेपाल अमेरिका पत्रकार संघ नेजाका कोषाध्यक्ष गुरुङ विशेष सम्मान गरेको हो। रेडियो सगरमाथामा महिला अधिकार र महिलासँग सम्बन्धित शिक्षा स्वास्थ्य रोजगारीमा महिलाको पहुँच र असल शासन र कानुनी सहायता सम्बन्धी विभिन्न बिषयमा सैयौं कार्यक्रम सञ्चालन गरेकी गुरुङ हाल अमेरिकाबाट प्रकाशित एभरेष्ट टाइम्स पत्रिकासँग आवद्ध छन्।

गुरुङसँगै तेम्बा दोङमा हयोल्मो, नेत्र तामाङ, इन्दीरा चोङबाङ, पासाङ नुर्बु शेर्पा र रोज मोक्तानलाई पनि सम्मान गरिएको एभरेष्ट टाइमले जनाएको छ। नेपाली काउन्सुलेटका कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले एभरेष्ट टाइम्सले प्रवासमा नेपाली भाषा, धर्म र सस्कृतिको संरक्षणको लागी महत्वपुर्ण योगदान पुर्‍याउदै आएकोमा प्रशंसा गरे।