प्रचण्ड–माधव समूहसँग मिलेर कांग्रेस सरकारमा जानुपर्छ : महामन्त्री डा कोइराला

प्रकाशित मिति:

चितवन, १९ फागुन । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राख्नुभएको छ । उहाँले आज यहाँ पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्ने जानकारी दिनुभयो ।

उहाँले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानाको अर्थ नहुने बताउनुभयो । प्रतिनिधिसभाका सदस्य डा कोइरालाले भन्नुभयो, “ नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ । त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन ।उहाँले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने जानकारी दिनुभयो