नेपाल र दक्षिण कोरिया सम्वन्धका आयाम

प्रकाशित मिति:

मुकुन्द सुवेदी
नेपाल र दक्षिण कोरियाविच औपचारीक सम्वन्ध स्थापना भएको ४ दशक भन्दा वढी भएको छ । सन् १९७४ मा नेपाल र दक्षिण कोरियावीचमा सम्वन्ध स्थापना भएपछी धेरै पटक सरकारीस्तरवाट औपचारिक भ्रमणहरु भएका छन् भने जनस्तरवाट पनी भ्रमण आदानप्रदान भएको छ । अहिले दक्षीण कोरिया आम नेपालीको प्रथम वैदेशीक रोजगारीको गन्तव्य स्थल पनी वनेको छ । यो अवधीमा दुवै देशविच आर्थिक विकास रोजगारी सहयोग र खेलकुद र विभिन्न क्षेत्रमा सास्कृतिक आदानप्रदान भईरहेका छन् । सन् १९६० मा कोरिया र नेपालको आर्थिक अवस्था उस्तै थियो तर कोरीयाले अङ्गीकार गरेको आर्थिक निती र रोजगारमुलक शिक्षाले आज सो मुलुक विश्वको नयां धनी राष्ट्र वनेको छ । हामी नेपालीले भने खासै उन्नती गर्न सकेका छैनौ ३५ वर्षको जापानी उपनिवेश र १९५० देखि १९५३ सम्म चलेको दुई कोरियाविचको युद्धले कोरियामा चरम गरिवि अशीक्षा र वेरोजगारी समस्या व्याप्त थियो । प्राकृतिक श्र्रोत र साधनको अभावका विच पनी कोरियाले लोकतन्त्र र आर्थिक विकासको क्षेत्रमा विश्व सामु आफुलाई नमुना प्रर्दशन गरेको छ । दुरदर्शी नेतृत्व मिहीनेती वानी व्यहोरा स्वास्थकर रहनसहन प्राविधिक शीक्षाले गर्दा मानवश्रोत परीचालन गरी दक्षीण कोरीयाले आफुलाई हरेक किसिकले शक्तीशाली राष्ट्रको रुपमा अगाडी ल्याएको छ । उसले नेपाललाई हरेक वर्ष शैक्षीक आर्थिक सांस्कृतीक सहयोग प्रदान गरिरहेको छ । दुई पक्षीय सम्वन्धमा निजी क्षेत्र र सरकारी दुवैमा क्रमिक प्रगती भईरहेको छ । हजारौ पर्यटक नेपाल भ्रमणमा आउने गरेका छन् भने कारियाली र नेपाली एक अर्काविचको कला संस्कृति र समाजका वारेमा थप रुचि वढाउदै गएका छन् । यो कुरा गाउंदेखि सहर सम्म कोरियाली भाषा सिक्ने होटल जाने गीत सुन्ने र सीनेमा हेर्ने कुराले प्रमाणीत गर्दछ । हाल कोरियामा ईपीएस प्रणालीवाट जाने र वैवाहीक सम्वन्ध कायम गरी वस्ने नेपालीको संख्या वढीरहेको छ ।
यता नेपालमा कोरिया अन्तराष्टीय सहयोग नियोगका स्वयंसेवक विभिन्न व्यापार व्यवसाय गरेका र वैवाहीक सम्वन्ध कायम गरेकाको संख्या पनी धेरैनै रहेको छ । वितेका वर्षमा कारियाले नेपालको स्वास्थ्य शीक्षा विभिन्न विषयका तालीम केन्द्रको साथै आएआर्जन हुने कार्यक्रममा सहयोग जारी राखेको छ ।
कोरीयाली लगानीकर्ता नेपालमा लगानी गर्न ईच्छुक रहेको देखिन्छ । उनीहरुलाई आकर्षीत गर्न नेपालले लगानी मैत्री वातावरण वनाउन आवश्यक रहेको छ । त्यसो त कोरियाली सरकारले कोरिया अन्तराष्ट्रीय सहयोग एजेन्सी मार्फत नेपालमा सहयोग गरीरहेको छ । त्यस्तै भगवान् गौतम वुद्धको जम्म स्थल लुम्वीनी भ्रमण गर्न धेरै कोरियाली लालायीत हुने गर्दछन् । धेरै वुद्धमार्गी भएको देश कोरियाका पर्यटकका लागी लुम्वीनी भ्रमण गराउन सके हाम्रा लागी लुम्वीनी सुनको अण्डा पार्ने स्थल वन्न सक्नेछ ।
नेपालले आउदा दिनमा क्षेत्रीय सहयोग आर्थिक विकास र समृद्धी नेपालको परीकल्पना साकार पार्न दिक्षीण कोरियासंग प्राथमीकताका क्षेत्र पहील्याएर अगाडी वढ्न जरुरी छ । नेपालको आर्थिक विकास गर्न प्रविधिको विकाससंग समायोजन गर्न कोरीयाले गरेजस्र्तै सम्भव गराउनुपर्छ । प्रशस्त प्राकृतीक श्र्रोत र साधन भएको तथा वढी अदक्ष जनशक्ती भएको हाम्रो मुलुलकले कोरियन लगानीलाई स्वीकार गरी उसको अनुभवलाई नेपालमा लगाउन सके पक्कै पनी भावि दिनमा सम्वन्धले साकार रुप पाउने थियो ।