गैडहवामा तेश्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

प्रकाशित मिति:

१९ फागुन,गैडहवा-  गैडहवा गाउपालिकामा आज देखि तेश्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता २०७७ शुरु भएको छ।सूर्यपुरा बहुमुखी क्याम्पसको खेल मैदानमा शुरु भएको प्रतियोगिताको गाउपालिका अध्यक्ष बच्चुलाल केवटले शुभारम्भ गर्नु भएको हो ।सामुदायिक,संस्थागत र मदरसा गरी ४७ बिधालयहरु मध्ये ३५ बिधालयका करिब ५ सय भन्दा बढी छात्र छात्राहरुले २२७ पदकका लागि एथलेटिक्स,भलिवल,कबर्डी लगायत ४५ खेलहरुमा प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। गैडहवा गाउपालिकाको आयोजनामा हुने प्रतियोगिताको शुभारम्भ गर्दै गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले बिधार्थीहरुको अन्तरनिहित क्षमतालाई बाहिर ल्याई खेलकुदको माध्यमबाट बिधार्थीहरुको सिकाई उपलब्धी हासिल गर्नमा मद्दत पुराउन प्रतियोगिता संचालन गरेको बताउनु भयो ।

यस्तै जनता समाजवादी पार्टीका जिल्ला प्रवक्ता मोहम्मद इस्लामले बिधार्थीहरुलाई निरन्तर रुपमा कक्षा कोठा भित्रको पढाईलाई पुर्नताजगी बनाई सृजनात्मक अध्ययनको बानी सिकाउन पनि समय समयमा आन्तरिक तथा बाह्य खेलकुद प्रतियोगिताहरु संचालन गर्नु गाउपालिकाको स्रहानिय कार्य भएको बताउनु भयो ।सामुदायिक बिधालयहरुको तर्फबाट जनकल्याण माध्यमिक बिधालयका प्रधानाध्याप संजय कुमार यादवले राष्ट्रपति खेलकुद प्रतियोगिताले बिधालय बिधालय,शिक्षक र बिधार्थी बिचको सम्वन्धलाई बलियो बनाउने एक आपसमा एक अर्काको अनुभव साटासाट गर्दा अझ बिधालय र बिधार्थीहरुमा प्रतिस्पर्धात्मक भावनाको बिकास हुने उल्लेख गर्नु भयो । यसैगरी संस्थागत बिधालयहरुको तर्फबाट ब्राईट दिक्षा ईंलिस बोर्डिंग स्कुलका प्रधानाध्यापक ईश्वरी अधिकारीले गाउपालिकाबाट संचालन हुने खेलकुद प्रतियोगिताले बिधार्थीहरुमा भएको आन्तरिक प्रतिभा अन्य बिधालयका बिधार्थीहरुसंग प्रतिस्पर्धा गर्दा बिधार्थीहरु बिचको सामुहिक सिकाई,अनुभव र आत्मिय प्रतिस्पर्धाको बिकास हुने र जसले गर्दा बिधालय र बिधार्थी अनि शिक्षकहरुमा बन्धुत्वको भावनालाई अझ बलियो बनाउदै लैजाने उल्लेख गर्नु भयो ।

गैडहवा गाउपालिका वडा नं। ८ का वडा अध्यक्ष तथा गैडहवा गाउपालिका सामाजिक तथा शिक्षा समितिका संयोजक भुवन बहादुर रानाको अध्यक्षतामा शुरु भएको प्रतियोगितामा सूर्यपुरा माध्यमिक बिधालयका सहायक प्रधानाध्यापक रामजी आचार्यको स्वागत तथा बिष्णुपुरा माध्यमिक बिधालयका प्रधानाध्यापक हरिशचन्द्र कोहांरले संचालन गर्नु भएको थियो