नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग जिपीकेको कार्यालयमा अन्तर्क्रिया

प्रकाशित मिति:

न्युयोर्क, अमेरिकास् आज मार्च २, २०२१ मा यस गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरीकाको कार्यालयमा नेपाली कांग्रेस गुल्मीका पुर्व पार्टी सभापती श्री त्रैलोक्यप्रताप शेन लाई संस्थाका अध्यक्ष श्री सोमनाथ घिमीरेले स्वागत गर्नुभयो। नेपालको वर्तमान राजनीतिक परिवेशमा नेपाली कांग्रेसको भुमीका र पार्टीका विगत देखी वर्तमान सम्मका गतिविधि,आगामी दिनमा आएका चुनौती एवं अवसर हरूवारे करीव ३ घन्टा छलफल गरीएको थियो।

सो कार्यक्रममा फाउन्डेशनका अध्यक्ष घिमीरे, उपाध्यक्ष सुवर्ण लामा,कार्यसमिती सदस्यहरु क्रमशस् रामचन्द्र अधिकारी,राजेश आचार्य, ध्रुव कुवँर, नेपाली काँग्रेस सोलुखुम्वुका युवा नेता विजय थुलुंग, जनसम्पर्क न्युयोर्कका उपाध्यक्ष शोभाकान्त पाण्डे, समाजसेवि बिनोद चापागांई, वकिल अमर खत्री लगायतले समसामयिक विषयमा अन्तर्कृयात्मक छलफल गर्नुभएको थियो। नेता शेनले आफुले स्व। गिरीजाप्रसाद कोईरालाको निर्देशनमा सर्वप्रथम भारतवाट वि।पी। कोईरालाले स्थपना गर्नु भएको जनसम्पर्क समितिलाई अझै सुध्रीणीकरण र ससक्त रुपले गठन गरी पार्टी र यस्को वैचारिक मर्मलाई अन्तर्राष्ट्रीय करण गरेको, अमेरिका आई धेरै संघर्ष गर्दै जनसम्पर्क गठन गरेको, पार्टीका दुईधारलाई एकै वनाई जनसम्पर्क समिती अमेरिकाको ऐतिहासीक एकता अधिवेशन कनेक्टीकटको हार्टफोर्डमा सम्पन्न गरेको, लामो समयसम्म पार्टी केन्द्र र गिरीजावावुको नेतृत्वमा रही धेरै देशहरूमा केन्दीय सदस्य सरहको हैसीयतमा रही संगठन विस्तारमा लागेको रोचक स्मरण प्रस्तुत गर्नुभयो।

गुल्मीको खान्दानी शेन, राजखान्दानमा जन्मिएर आफुले वाल्यकालमै घर परीवारजनमा विद्रोह गरी काँग्रेसको राजनितीमा लागेको, नववपरासी काँग्रेसका नेता सुर्यभक्त अधिकारीको छोरो सरह भै वहाँकै चेलाको रूपमा करीव २ वर्ष वॅंहाकै घरमा वसी काँग्रेसको वफादार सिपाहीको रूपमा काम गरेको र २०४६को जनआन्दोलन पश्चात वहुदल आएपछी घर फर्कंदा परीवारले आफुसँग क्षमा मागी काँग्रेसको राजनिती स्विकारेको विगत र संघर्षको इतिहास सुनाउनुभयो। सो कार्यक्रममा सोलुखुम्वुका युवानेता विजय थुलुगंले आफु लामो समयसम्म अमेरिका वस्दा सधैं देश र पार्टीका खातीर भौतीक,नैतिक र आर्थिक सहयोग गरीरहेको र अव छिट्टै जिल्ला केन्द्रीत भै राजनिती र समाज सेवा गर्ने उद्देश्यले सदाका लागी अमेरिका त्यागी नेपाल फर्कन लागेको वताउनुभयो।युवा नेता थुलुगंले जनसम्पर्क समिती अमेरिकाको यो हालत हुनुमा नेतृत्व चुकेको र कांग्रेसी ले कांग्रेसी लाई नै नचिनेर हो भन्नु भयो।

सो कार्यक्रममा संस्थाका उपाध्यक्ष सुवर्ण लामाले आफु निष्ठाको राजनीतिका लागी सदा ईमान्दार सिपाही रहेको र सिद्धान्त र निष्ठाका लागी हर्दम लडीरहने वताउनुभयो।कार्यसमिती सदस्य रामचन्द्र अधिकारीले काँग्रेसले देश संकटमा पर्दा सधैं आफुले नेतृत्व गरी वचाएको र ईतिहासले फेरी त्यो अवसर आएको र सत्ताका लागी नभै देशलाई कम्युनिस्टको लडाईंवाट मुक्त गर्न फेरी नेतृत्व गर्नुपरे सो मौका चुकाउन नहुने कुरा वताउनुभयो। कार्यसमिती सदस्यद्वय राजेश आचार्य र ध्रुव कुवँरले विभीन्न प्रश्नहरू राख्दै नेता सेन सँग समसामयिक परिवर्तन वारे अन्तर्कृया गर्नुभयो । फाउन्डेशनका अध्यक्ष घिमीरेले पार्टी र देशका खातीर आफु सदा लडीरहेको र गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको नेतृत्व गर्दै युगपुरुष स्व। गिरिजा बावु को नाममा स्थापित फाउण्डेशनलाई विश्व भर चिनाउदै लोकप्रिय बनाउने र प्रजातन्त्र, शान्ति र विकासका लागी अझै समर्पित भएर हरेक गतिविधिमा आफु कटिबद्ध भएर लाग्ने वताउनुभयो।